गाँजा बरामद

गाँजा बरामद

मलंगवा : सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-५ सखुअवास्थित नेपाल भारत सीमा नजिकैबाट सशस्त्र प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजानका लागि लुकाएर राखेको अवस्थामा गाँजा बरादम गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

घाँस र बासको झाँगमा लुकाएर राखिएको अवस्थामा गाँजालाई बरामद गरिएको त्रिभुवननगर बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक संजीतकुमार सिंहले जानकारी दिए।

विषेश सुराकीको अधारमा गणबाट आएको टोलीले र सखुअवास्थित रहेको सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा बरामद गरेको हो। गाँजा बरामद गरिएपनि तस्करहरु फेला नपरेको निरीक्षक सिंहले बताए। 

प्रहरीको आँखा छलेर भारत लैजानका लागि ठिक पारेर राखेको अवस्थामा बरामद गरिएको हो। रातको समयमा प्रहरीको आँखा छलेर भारत लैजानका लागि सीमा नजिकै राखिएको थियो। प्लाष्टिकले बेरिएका तीनवटा पोकामा गाँजा छ। बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।
केही दिन अगाडि पनि सर्लाहीको उत्तरी क्षेत्र लालबन्दी नगरपालिका १० चन्द्रपुरबाट २० किलो गाँजासहित प्रहरीले २ जनालाई प्रकाउ गरेको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.