काभ्रेमा थप ९ जनामा कोरोना संक्रमण

काभ्रेमा थप ९ जनामा कोरोना संक्रमण

काभ्रे : बिहीबार थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा रहेको संघीय प्रहरी कार्यालयमा कोरोना संक्रमण बढिरहेका छन् । बिहीबार थप ६ जना गरी संघीय प्रहरी कार्यलयमा १९ जनालाई कोरोना पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा बिहिबार १ होटल व्यवसायी, १ सर्वसाधारण, १ स्वास्थ्यकर्मी र संघीय प्रहरीमा ६ जना गरि ९ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नेरन्द्रकुमार झाले जानकारी दिए । 

जिल्लामा बिहीबारसम्ममा कोरोना संक्रमितको संख्य ६७ जना पुगेको छ । २९ जना विभिन्न आइसोलेसनमा थप उपचारपछि निको भएर घर फर्किसकेको र ३७ जनाको उपचार भइहरेको जिल्ला प्रमुख डा. झाले जानकारी दिए । 

काभ्रेमा कोरोनाबाट एक महिलाको मृत्यु भइसकेको छ । पाँचखाल नगरपालिका १ की एक महिलाको कोरोनाबाट काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । 

धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेकको ओपिडी सेवा सबै बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि सबै विभागमा सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी सहित इमरजेन्सी सेवा बाहेक ओपीडि सेवाहरु बन्द गरिएको डा. झाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.