जिल्ला प्रशासन बझाङमा फरक बारमा फरक पालिकाकाको काम
बझाङ : जिल्लामा पनि समुदायस्तरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बझाङले सेवालाई आलोपालो गर्ने भएको छ । प्रशासन कार्यालयमा हुने भीडभाड कम गर्न जिल्ला भरीका सेवाग्रहीलाई अब पालिका पालिकाहरुमा अलग अलग दिन तोकेर सेवा दिने भएको हो ।
जिल्लाको बुंगलनगरपालिका साथै साइपाल, वित्थडचिर र केदारस्युँ गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र सोमबार तोकेको छ । यसका साथै जयपृथ्वीनगरपालिका, सुर्मा, तल्कोट र मष्टा गाउँपालिकाका सेवाग्राहीका लागि मंगलबार र बुधबार दिएको छ ।
साथै बिहीबार र शुक्रबारमा खप्तडछान्ना , थलारा , छविसपाथीभेरा र दुर्गाथलीगाउँपालिकाबाट सेवाग्राहीले सेवा लिनसक्ने प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनले भने,' प्रशासन कार्यालयबाट दिइने सेवाहरु नागरिता,राहादानी, संस्था दर्ता, सिफारिस अब पालिका तहका सेवाग्राहीलाई अलग अलग दिन दिइनेछ ।
अन्तरजिल्लाबाट आउने सेवाग्राहीका लागि भने सबै दिन सेवा दिइने भएको छ । र अन्य मुद्दा सम्बन्धमा पनि दैनिक काम हुने बताएको छ । यदि प्रशासन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिए कार्यालयनै सिल गर्नुपर्ने र सेवा नै बन्द गर्नुपर्ने भएकाले यस्तो नियर्ण गरिएको प्रजिअ भण्डारीले बताए । पालिका अनुसारको आलोपालो सेवा आइतवारदेखि सुरु हुनेछ।