समुदायमा कोरोना देखिएपछि लमजुङको सुन्दरबजारमा निषेधाज्ञा

समुदायमा कोरोना देखिएपछि लमजुङको सुन्दरबजारमा निषेधाज्ञा

बेंसीसहर : समुदायमा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएपछि लमजुङको सुन्दरबजार नगरपालिकाका ५ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ । सुन्दरबजार नगरपालिका ७ का ३२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  

सुन्दरबजार नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ मा अर्का सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएका वडामा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन रोक लगाइएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न रोक लगाइएको छ ।

यस्तै अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । तर खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिए ।

स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालय बाहेक बैंक वित्तीय संस्था सहकारीसहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्न रोक लगाइएको छ ।

धार्मिक, साँस्कृतिक सामाजिक (विवाह, व्रतबन्ध) लगायत कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु जिल्लाभर नै सञ्चालन गर्न पनि रोक लगाइएको छ । जिल्लाका सबै नाकाहरुमा उल्लेखित अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनबाहेक सम्पूर्ण सवारीसाधन र पैदल आवतजावतमा पूर्ण रोक लगाइएको छ । आदेशको पालना नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, लमजुङले जनाएको छ ।

लमजुङमा हालसम्म १ सय १२ जनामा कोरना संक्रमण देखिएकोमा १ सय ९ जना निको भएर घर फर्किएका छन भने ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.