दोलखामा थप ५ जनामा कोरोना संक्रमण

दोलखामा थप ५ जनामा कोरोना संक्रमण

दोलखा : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको दुईजनालाई कोरोना संक्रमण भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङले थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । दुईजनाको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरी धुलिखेल अस्पतालमा परीक्षण गर्दा एकमहिला र ४ पुरुष गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । 

काठमाडौंमा परीक्षण गरेका गाउँपालिका अध्यक्ष र धुलिखेल अस्पतालमा परीक्षण गरिएको उपाध्यक्षलाई भने संक्रमण नदेखिएको स्रोतले जनाएको छ ।स्रोतको अनुसार गाउँपालिकाका तीन सवारी चालकमध्ये एकजनामा कोरोना संक्रमण देखिएको छ ।

गाउँपालिकाका कर्मचारी २ जना, स्थानीय एकजना, गाउँपालिकाका सहयोगी सेवाप्रदायक संस्थाका एकजनालाई संक्रमण भएको स्रोतले जनाएको छ । तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेका एक र गाउँपालिकाका एक कर्मचारी गरी दुई पुरुषमा मंगलबार कोरोना संक्रमण देखिएको थियो । 

तेस्रो मुलुकबाट आएका ति संक्रमित क्वारेन्टाइनमै रहेको र कर्मचारी पनि गाउँपालिकाको आवासमै आईसोलेसनमा रहेको बताईएको छ । यसअघि पनि सोही गाउँपालिकाकै दुईजनमा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म जिल्लाका ४२४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.