कोरोनाको त्यो कहर
मार्च महिनाको अन्त्यतिर जसै मेरी श्रीमती आफ्नो नियमित ड्युटी गर्न हस्पिटलतिर लागिन्, किन किन मन एकतमासको भइरहेको थियो। मनमा अनेक कुरा खेलिरहेथ्यो। उनी नाइट ड्युटी जाँदै थिइन्, यस्तो ड्युटी त सधैं जान्थिन्। नियमितता न हो, सामान्य लाग्थ्यो तर त्यो दिन मनमा कस्तो कस्तो भइरहेथ्यो। उनलाई मैले सम्झाएँ, ‘आफ्नो अलिक केयर गर्नू, पीपीई स्ट्रिक्ली लगाउनू।’
त्यति बेला संसारभर कोरोना संक्रमण एकदमै बढेको थियो। युरोपलाई नराम्ररी छोपेको थियो। बेलायतलाई पनि कोरोना भाइरसले विस्तारै ढाक्दै गएकाले बेलायत सरकारले पूर्ण रूपमा लकडाउन गरिसकेको थियो। सर्वत्र अदृश्य भाइरसको आतंक फैलिइरहेको थियो। नेपालबाट बुवाआमालगायत आफन्तबाट ‘ल है आफ्नो ख्याल राख्नू’ भन्ने खबर तारन्तार प्राप्त भइरहन्थ्यो। सतर्कताका मायालु खबरले मन झनै बेचैन बनाउँथ्यो। शुभचिन्तकहरू चिन्ता गर्दै उनलाई अस्पतालबाट छुट्टी लिएर घरै बस्न सुझाउँथे। यथार्थभन्दा बढी त्रास फैलिएको थियो। हामी कुरा गथ्र्यौं, डर त नलागेको कहाँ हो र ? ‘सेनामा जागिर खाएपछि लडाइँमा परिन्छ कि भनेर डराएर हुन्छ र ?’
त्यस्तै हो नर्स भएपछि यस्तो महामारीमा ड्युटी जाने डराएर हुन्छ र ? वातावरण कस्तो थियो भने अस्पतालको नियमित ड्युटी जानु पनि लडाइँमा जानुजस्तै थियो। जब म नेपाल प्रहरीमा थिएँ, दसवर्षे माओवादी जनयुद्धमा खटिँदा पनि यस्तै त्रास थियो। प्रहरी र स्वास्थ्यकर्मीको कामको प्रकृति नै त्यस्तै छ, अलिकति रिस्क त भइहाल्छ नि। यता बेलायती सरकारले वृद्ध अनि कोरोनाबाट खतराको सूचीमा रहेर आवश्यकतामा परेकालाई स्वयंसेवा गर्न भनी दुई लाख ५० हजार स्वयंसेवकका लागि आह्वान गरेको थियो।
स्वभावतः मैले पनि स्वयंसेवकका लागि आफ्नो नाम दर्ता गराइसकेको थिएँ; जसको काम हुन्थ्यो— वृद्धवृद्धालाई अत्यावश्यक सामान पुर्याइदिने, बिरामीलाई अस्पताल पुर्याइदिने, अस्पतालबाट घर पुर्याइदिने आदि। शुभचिन्तकको चिन्ताले कन्फ्युज बनाइदिन्थ्यो। हेरे, सुने र पढे पनि समाचारमा कोरोनाबाहेक केही नहुने। जताततै कोरोनाले मारिहाल्छ कि भन्ने भान बनाइदिने। उनी ड्युटी गएपछि अमेरिका न्युयोर्कमा रहेकी एक नेपाली नर्सले आफ्नो परिवार नै कोरोना भाइरस आक्रान्त भएर कसरी छुट्कारा हुन सकियो भन्नेबारेमा लेखेको अनुभूति पढ्न पाएँ। कसरी श्रीमान् हुँदै बच्चामा सर्यो ? भन्ने भोगेको कथा रहेछ। श्रीमतीको आत्मविश्वास बढोस् भनेर लिंक फरवार्ड गरिदिएँ, जुन पढेर मेरो आत्मविश्वास बढेको थियो।
१५ वर्षे छोरामा पनि उस्तै लक्षण देखियो। दुई वर्षअघि अर्थाइटिस भएर मेडिकेसनमा रहेको उही छोरो जो ‘हाई रिस्क’मा थियो। थप सतर्कता अपनायौं। उनीहरूको सेवामा जुट्ने मलाई पनि उस्तै लक्षण देखिन थाल्यो— जीउ दुख्ने, थकित हुने आदि। मन एकदमै आत्तियो। अब के होला ? श्रीमती पनि उस्तै। हाई रिस्कमा भएको छोरालाई लक्षण। सबै आतिएलान्, मनोबल गिर्ला भनेर म चुप भएँ। तर, अनुभवी नर्स (श्रीमती)को नजरबाट कसरी छिप्न सक्थ्यो र ?
उनले खटिएको वार्डको फोटो खिचेर पठाइन्। पीपीईले फोटोमा श्रीमती पनि छुट्ट्याउन कठिन भयो। मेडिकल वार्डमा उनको जिम्मेवारी थियो। कोभिड-१९ संक्रमण बढ्दै गएपछि त्यो वार्डलाई संक्रमितहरूकै हेरचाह गर्न विशेष जिम्मेवारी दिइएको थियो। थुप्रै संक्रमण दिनहुँ थपिइरहेका थिए। भोलिपल्ट बिहान फर्किइन् र सुनाइन्— त्यही रात उनले २० संक्रमितको हेरचाह गर्नु पर्यो। हृदयविदारक क्षण थियो त्यो। त्यही अस्पतालका मुटु रोगका डाक्टर नै संक्रमित भएर भर्ना भएका थिए। उनी एकदम आत्तिएर निराश कुरा गर्थिन्। सेवारत डाक्टरको अवस्थाले झस्काएको थियो उनलाई। त्यस रात करिब १२ घण्टा बिरामीसँग बिताइन्। एकपटकमा १०÷१५ मिनेटका दरले बिरामीलाई समय दिनु पर्यो। कामबाट फर्केकै साँझ हल्का टाउको दुखेको सुनाइन्। सामान्य होला भन्ठान्यौं। अर्को दिन अलि बढी दुख्यो। तेस्रो दिन खोकी पनि लाग्यो। सामान्य रुघाखोकी होला भन्ने भयो। अर्को दिन ज्वरो पनि थपियो, अब शंका गर्यौं।
अस्पतालमा सम्पर्क गरेर लक्षण बताएपछि अस्पतालका विशेषज्ञको सल्लाहमा घरमै आइसोलेसनमा बसिन्। जीउ दुख्ने र ज्वरो आउने निरन्तर बढेपछि परीक्षण गराइन्। रिपोर्ट कोभिड पोजिटिभ आयो। भाँडाकँुडादेखि ओछ्यानसम्म सबैमा होशियारी अपनायौं। दुई छोराले समेत घर बस्दा पनि पूरै समय मास्क लाएर बस्यौं। डाक्टरको सल्लाहअनुसार ज्वरो नियन्त्रण गर्न प्यारासिटामोलसँगै नेपाली काइदाको घरेलु औषधि अर्थात दूध, बेसारदेखि अदुवापानीलाई नियमितता दियौं। साता बित्यो। उनी निकै बिरामी परिन्। पहिलो साता त लक्षण थाहा पाउँदै बित्यो। उनको शरीरको पीडा हेर्नै गाह्रो हुन्थ्यो, पन्जा लगाएर शरीर मसाज गरिदिएँ।
१५ वर्षे छोरामा पनि उस्तै लक्षण देखियो। दुई वर्षअघि अर्थाइटिस भएर मेडिकेसनमा रहेको उही छोरो जो ‘हाई रिस्क’मा थियो। थप सतर्कता अपनायौं। उनीहरूको सेवामा जुट्ने मलाई पनि उस्तै लक्षण देखिन थाल्यो— जीउ दुख्ने, थकित हुने आदि। मन एकदमै आत्तियो। अब के होला ? श्रीमती पनि उस्तै। हाई रिस्कमा भएको छोरालाई लक्षण। सबै आतिएलान्, मनोबल गिर्ला भनेर म चुप भएँ। तर, अनुभवी नर्स (श्रीमती)को नजरबाट कसरी छिप्न सक्थ्यो र ? अब १२ वर्षे सानो छोरालाई सुरक्षित राख्ने मुख्य चुनौती थपियो। आमा देख्नेबित्तिकै ‘कोरोना’ ‘कोरोना’ भन्दै १२ हात पर भागेर आफ्नो कोठामा थुनिएर बस्नु उसको भव्य विशेषता लाग्यो। त्यही भएर सायद ऊसम्म कोरोना भाइरस पुग्न सकेन।
चारमध्ये तीनमा संक्रमण देखिएपछि त मनमा धेरै कुरा खेल्न थाल्यो। आफू बिरामी भएको कुरा अरूलाई थाहा दिन पनि सोच्नुपर्ने ! कुनै शुभचिन्तकले थाहा पाए कि सोसल मिडियामा ‘गेट वेल सुन’ भन्ने आउला भन्ने डर। नेपालमा वृद्ध बुवाआमा र आफन्तमा कुरो नपुगोस् भनेर नियमित सम्पर्कमा त रह्यौं तर केही भनेनौं। बाहिर निस्कन नमिल्ने तर आवश्यक सामग्री व्यवस्थापन गर्न नजिकैका जेठान दाइ मदनमान श्रेष्ठ र भाउजू रिना श्रेष्ठको सहयोग लियौं। शौचालयदेखि भाँडाकुँडा अनि कपडा सबै भिन्दाभिन्दै उपयोग गर्यौं। १४ दिनसम्म बाहिर निस्किएनौं। त्यो क्षण एकदमै कहालीलाग्दो थियो। मन आत्तिन्थ्यो तर सबैभन्दा ठूलो कुरा मनोबल उच्च बनायौं।
संक्रमित र निको भइसकेका साथीहरूसँग कुरा गर्दा झनै सजिलो हुँदै गयो। समाचारले मानसिक तनाव झन् बढ्ने भएपछि टाढै रह्यौं। खानपिनदेखि स्वनुशासनमा एकदम ध्यान दियौं। मन परेको फिल्म हेर्ने, सकारात्मक सन्देश दिने, किताब पढ्ने, देश÷परदेशका परिवार र आफन्त अनि साथीभाइसँग सम्पर्कमा रह्यौं; जसले सधैं मनोबल दिन्थ्यो। साथै रचनात्मक काम पनि गर्यौं। बिस्तारै मलाई र छोरालाई लक्षण कम हुँदै गयो। हामी दुईले संक्रमणबाट पार पाउन थालेजस्तो लाग्न थाल्यो। श्रीमतीलाई चाहिँ अझै च्यापेको जस्तो भयो। भन्थिन्, कहिलेकाहीँ त आफ्नो जीउ पनि आफ्नो होइनजस्तो लाग्छ।’ डाक्टरसँग नियमित सम्पर्कमा बस्यौं। सकारात्मक सोच राख्यौं। सातदेखि दसौं दिनसम्म एकदमै सतायो। एक साँझ त उनले सास फेर्न गाह्रो भयो भन्न थालिन्। अब के गर्ने ?
यस्तो बेलामा एम्बुलेन्स बोलाएर अस्पताल लैजानुबाहेक के नै उपाय थियो र ? तर ! अस्पतालमा झन् बढी खतरा ! सम्झँदा अहिले पनि सास रोकिएजस्तो हुन्छ। त्यतिखेर बेलायतमा रहेका नेपालीमा संक्रमण देखिएको र ५० भन्दा बढीको मृत्यु भएको समाचार आइरहेथ्यो। बेलायतकै युवराज चाल्र्स, प्रधानमन्त्री अनि स्वास्थ्यमन्त्री नै संक्रमित। प्रधानमन्त्रीको त आईसीयूमै राखेर उपचार गरिरहेको समाचार आइरहेथ्यो। यस्तो बेलामा सकारात्मक सोच राखेर आशावादी हुनुबाहेक ओखती पनि के थियो र ?
आजसम्म औषधि पत्ता नलागेको अवस्थामा डाक्टरको सुझाव नै सबै थोक थियो। डाक्टरले लक्षण सुनेर भोलिबाट असर कम हुँदै जान्छ, नआत्तिनू त भने तर खै ? भन्ने हुन्थ्यो। बिस्तारै उनलाई निको हुँदै गयो। लाग्यो, डाक्टर ज्योतिषी पनि रहेछन्। १३औं दिनपछि भने अलि आराम हुँदै गयो। अबचाहिँ यसबाट बाहिर आउँदै छौं भन्ने अनुभूति भयो। नेपालमा भए पनि आमाले त पहिल्यै शंका गरिसक्नुभएको रहेछ। कुराकानीमा मैले जेठान खानेकुरा लिएर घरबाहिर आउनुभएको छ भनेको रहेछु। आमाले मलाई सोध्नु पनि भएको रहेछ, ‘बाबु, जेठानले किन खानेकुरा ल्याइदिनुभएको ?’
त्यो क्षण सम्झिन्छु, जब बेलायतको डर्बीमा रहेका दाइले फोनमा एकजना आफन्त पर्ने व्यक्ति बिहान अस्पताल भर्ना भए तर साँझ निधन भयो। त्यो सुन्दा मन एकतमास भएको थियो। एउटा दुःख लाग्ने कुराचाहिँ कोरोना संक्रमित भएर भर्ना भएकालाई हेर्न परिवारका कोही आउँदैनन्, आउन दिइँदैन। यस्तो अवस्थामा पनि आफन्त भेटघाट गर्न नपाउने ? नराम्रो लाग्ने नै भयो, अझ मर्दा पनि छेउमा कोही हुँदैनन् ! न बिरामीले आफ्नो मान्छेलाई मर्ने बेलामा देख्न पाउने, न त आफन्तले नै सदाका लागि यो संसार छाडेर जाँदै गरेका आफन्तलाई अन्तिम बिदाइभेट गर्न पाउने ! योचाहिँ अत्यन्तै पीडादायी लाग्छ।
केही समयपछि जब श्रीमतीले अब ड्युटी जोइन गर्न चाहन्छु भनेर अस्पतालमा खबर गरिन्, त्यसपछि भने यो युद्ध पूर्ण पार गरेको महसुस भयो। स्वदेशको छिमेकी भारतमा अहिले अनियन्त्रित तरिकाले फैलिएको अवस्थामा बच्न अपनाउनुपर्ने उपायबारे समयमै सोच्नुपर्ने देखेको छु। रोग लाग्नुभन्दा लाग्नै नदिनेतर्फ लाग्नु बुद्धिमानी रहेछ भन्ने अचुक सूत्र सबैले बेलैमा बुझ्ने कि ? सावधानी अपनाउँदा अपनाउँदै संक्रमित भइहाले पनि आत्तिनु भने हुँदैन। यसबाट बच्न सम्भव छ र विशेष सावधानी अपनाए यसबाट निको हुन सकिन्छ भन्ने उदाहरण म र मेरो परिवार नै छ। थोरै सतर्कताले अरूलाई बचाउँछ, अरूलाई बचाउँदा नै आफू अनि आफ्नो परिवार बचाउने हो।