निर्माणाधीन प्रसारण लाइनमा क्षति

निर्माणाधीन प्रसारण लाइनमा क्षति

बेनी : नदी कटान र पहिरोका कारण म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा क्षति पुगेको छ। कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको एउटा टावर ढलेको छ भने चार वटा जोखिममा परेका छन्। 

धाइरिङको डिलबाट ठूला ढुंगासहित खसेको पहिरोले कुनातर्फका दुई वटा खुट्टामा लागेर मिलनचोकस्थित १४ नम्बरको टावर ढलेको हो।  नजिकका अन्य दुई टावरमा पनि असर पुगेको छ। 

टावर ढल्दा तीन करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताए।  थप चारवटा टावर पहिरो र कटानका कारण जोखिममा छन्।  जलजला गाउँपालिका–२ टमिलाखर्कको टावर जोखिममा परेको छ। 

‘महभिर, धिरच्याङ र दाना सबस्टेसन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भइरहेको छ’, आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले भने, ‘सबस्टेसनमा थप कटान हुन नदिन संरक्षणको योजनाका लागि टेन्डर आह्वान भइसकेको छ। ’

नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९.६ किलोटिर दुरिको दाना–खुर्कोट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। 

११४ वटा मध्य पोखरेबगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको छ।  दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाअन्तर्गत दाना र खुर्कोटको सबस्टेसनसमेत अन्तिम चरणमा पुगेको छ। 

कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेसन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए। दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रसारण लाइन र सबस्टेसनसमेत निर्माण सुरु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.