होम क्वारेन्टाइनमा कोरोना जोखिम बढयो

होम क्वारेन्टाइनमा कोरोना जोखिम बढयो

बैतडी  : पछिल्लो समय भारत तथा अन्य ठाउँमा जिल्ला भित्रिएकाले होम क्वारेन्टाइनमा बस्ने भन्दै सिधै घर जान थालेपछि समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । भारतका विभिन्न ठाउँबाट जिल्ला पुगेकाहरु सिधै घर जान थालेकाले कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्लाको सुर्नया गाउँपालिका १६ नागरिक गएको हप्ता भारतबाट घर फर्किए । तर उनीहरु होम क्वारेन्टाइनमा बस्ने भन्दै सिधै घर गए । 'अहिले सरकारले होम क्वारेन्टाइनमा बस्न सक्ने भनेपछि भारतबाट फर्केका सिधै घर जान थालेका छन् । यसले कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।'सुर्नया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसिह महराले भने, 'स्थानीय तहले विद्यालयमा बनाएका क्वारेन्टाइनमा पनि खाली गरिएका छन् । अहिले भारतबाट फर्केकाहरु सिधै घर गइरहेका छन् ।'

जिल्लामा अहिलेसम्म भारतबाट फर्केका नागरिकमा मात्रै कोरोना देखिएकाले होम क्वारेन्टाइनका नाममा भारतबाट फर्केकालाई सिधै घर पठाउँमा कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । उनले भने, 'होम क्वारेन्टाइनका नाममा भारतबाट फर्केकालाई सिधै घर जान दिइयो भने यसले कोरोनाको महामारी निम्त्याउन सक्छ ।' 

सरकारले जारी गरेको होम क्वारेन्टाइनको निर्देशिकामा ट्वाइलेट बाथरुमसहितको कोठा, झ्याल भएको , घर परिवारका अन्य सदस्यहरुसंग घुलमिल हुन नसक्ने र  स्वास्थ्यकर्मीको निगरानी समेत उल्लेख गरिएकाले बैतडीको हकमा होम क्वारेन्टाइन प्रभावकारी नहुने उनले बताए । उनले भने, 'निर्देशिकामा भने अनुसारको होम क्वारेन्टाइनको व्यवस्था भएका हाम्रा घरहरु नै छैनन् । त्यसैले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा नबसाएर घर पठाउनु भनेको कोरोना निम्त्याउनु हो ।'

जिल्लामा अहिलेसम्म भारत तथा अन्य मुलुकबाट फर्केकालाई क्वाररेन्टाइनमा बसाएकै कारण समुदायमा कोरोना नफैलिएको जोशीले बताए । पछिल्लो समयमा भारतबाट फर्केकाहरु सिधै घर गईरहेकाले यसले कोरोना महामारी निम्त्याउने तर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

क्वारेन्टाइनको व्यवस्थापन गर्न आग्रह 

पछिल्लो समयमा भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिएका सिधै घर जान थालेपछि जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानीय तहहरुलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

होम क्वारेन्टाइनको अवधारणा बैतडीको हकमा प्रभावकारी नहुने भएकाले संस्थागत क्वारेन्टाइन निर्माण गरी बाहिरबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले भने, 'हामीले केन्द्रको बैठक बसेर स्थानीय तहहरुलाई क्वारेन्टाइन निर्माण गरेर बाहिरबाट जिल्लामा फर्केकालाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।'

जिल्लाका १० वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण गरी बाहिरबाट गाउँ फर्केकालाई अनिवार्य क्वारेन्टाइनमा बसाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने, 'पछिल्लो समयमा संक्रमणको जोखिम बढ्दैछ ।यसको जोखिम न्यूनीकरणका लागि हामीले सबैलाई आग्रह गरेका छौं ।'

गौरा मनाउन रोक 

कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएपछि यो वर्ष सामूहिकरुपमा गौरा नमाउन जिल्ला प्रशासनले आग्रह गरेको छ । नेपाल सरकारले चाडपर्व मनाउँदा सामूहिक रुपमा नमाउन आग्रह गरेकाले सोही बमोजीम जिल्लामा पनि गौराको समयमा भीडभाड नगर्न र सामूहिक रुपमा भेला नहुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

उनले भने, 'गौराको समयमा भेला भएर गौरा मनाउने चलन छ । यो वर्ष कोरोना भाइरसको महामारी भएकाले हामीले पारिवारिक रुपमै परिवारमै चाडपर्व मनाउन भनेका छौं । सामूहिक रुपमा जमघट हुन दिइने छैन् ।'

बैतडी सहित सुदूरका पहाडि जिल्लामा गौराको समयमा घर बाहिर रहेका पनि घर फर्केने चलन रहीआएको छ । तर यो वर्ष कोरोनाका कारण गौराका खासै चहलपहल नभएको दशरथचन्द नगरपालिका १ का पुष्कर भट्टले बताए ।

उनले भने, 'कोरोना भाइरसबाट बच्नका लागि भीडभाड गर्नुहुँदैन भन्नेछ । गौरा भीडभाड हुने चाडपर्व भएकाले यो वर्ष घरमै मनाउने सोचाइ बनाएका छौं ।' गौराको समयमा हुन सक्ने भीडभाडलाई नियन्त्रणका लागि घरपरिवारभित्र मात्रै चाडपर्व मनाउन भनेर सबै स्थानीय तह मार्फत जानकारी दिइसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने, 'हामीले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भनिसकेका छौं । भीडभाड जमघट हुने खालका सबै कार्यक्रम स्थगित गर्न भनिसकेका छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.