परासी कोरोना संक्रमणको उच्च जोखिममा

परासी कोरोना संक्रमणको उच्च जोखिममा

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । समुदायस्तरमा गरिएको पीसीआर परीक्षणमा संक्रमितको संख्या बढ्दै गएपछि रामग्राम नगरपालिका क्षेत्रको सदरमुकाम परासी बजार उच्च जोखिममा रहेको हो ।

संक्रमितमध्ये नगर क्षेत्रका ५ जनामध्ये ३ जनामा लक्षणसहितको कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएका तीनै जना राजनीतिक दलका नेताहरु हुन् ।  लक्षणदेखिएकामा पूर्वमन्त्री समेत छन् । उनीहरुमध्ये एकजनाको बुटवल र दुईजनाको काठमाडौं र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ । 

राजनीतिक दलका नेताहरुमा लक्षणसहितको कोरोना पुष्टि भएपछि धेरैजना उनीहरुको सम्पर्कमा आएका कारण पनि परासी बजार क्षेत्र उच्च जोखिममा रहेको हो । नेताहरुको सम्पर्कमा आएकामध्ये केही होम क्वारेन्टाइनमै छन् । तर अधिकांश भने निर्वाध रुपमा हिँडडुल गर्ने गरेको पाइएको छ । 

जिल्लामा हालसम्म १ सय ३९ जना मा पोजिटिभि देखिएको छ । जसमा समुदायस्तरको परीक्षणमा १४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि परीक्षण कार्यलाई बढाइएको ढकालले बताए । 

समुदायस्तरको परीक्षणका क्रममा रामग्राम नगरपालिकाका दुई कर्मचारी, एक जनप्रतिनिधि र सर्वसाधारणमा कोरोना पोजिटिभ देखिएको छ । त्यसैगरी सुस्ता गाउँपालिकाको नर्सही स्वास्थ्य चौकीमा कार्यरत एक अनमिमा समेत कोरोना पोजिटिभ देखिएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका र स्वास्थ्य चौकी शिल गरिएको छ । 
 
त्यसैगरी समुदायस्तरमा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले आज (साउन ३२ ) देखि बिहानदेखि भदौ ६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाका सेवा बन्द गरिएको छ । सबै पालिकाहरुले पनि सूचना निकालेर भदौ ६ गतेसम्मका लागि पसल, व्यवसाय र अत्यावश्यक सवारी साधन र सर्वसाधारणको आवतजावतमा रोक लगाएका छन् । जिल्ला प्रशासन र पालिकाहरुको सूचनाका कारण सर्वसाधारणको आवतजावतदेखि सबै क्षेत्र बन्द छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.