काभ्रेमा थप ५ जनामा संक्रमण
काभ्रे : काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार धुलिखेल अस्पतालमा कार्यरत ४ कर्मचारी र एक जना बनेपा नगरपालिका १३ साँगा बस्ने व्यक्तिलाई कोरोना लागेको हो।
धुलिखेल अस्पतालका तीन महिला र एक पुरुष कर्मचारी र बनेपा नगरपालिका १३ साँगा बस्ने एक पुरुषमा कोरोना देखिएको जिल्ला कमान्ड पोस्ट सचिव डा. नरेन्द्र झाले जानकारी दिए। योसँगै जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !
१