बेपत्ता पौडेलको खोजीको माग गर्दै प्रहरी कार्यालय घेराउ

बेपत्ता पौडेलको खोजीको माग गर्दै प्रहरी कार्यालय घेराउ

स्याङजा : एक सातादेखि हराइरहेका वालिङ्‍का १८ वर्षीय राजन पौडेलको यथाशिघ्र खोजी गर्न दवाव दिंदै प्रहरी कार्यालयमा धर्ना दिएका छन्। वालिङ १० पाइनियाजरोड बस्ने पौडेल २६ गतेदेखि बेखबर छन्। बेखबर भनिएका पौडेलको आइतबार साँझसम्म पनि प्रहरीले कुनै जानकारी नगराएको भन्दै वडा प्रहरी कार्यालय वालिङ घेराउ गरी दवाव दिएका हुन्। 

बेखबर रहेका पौडेलको खोजी गरिदिन उनकी आमा कमला पौडेलले प्रहरीमा निवेदन दिएकी थिइन्। 'कि सास देउ कि लास देऊ, पीडितलाई न्याय देऊ' भन्दै पौडेलका आफन्तले प्रहरी कार्यालयबाहिर आइतबार दिनभरजसो नाराबाजी गरेका छन्। साउन २६ गते भीरकोट नगरपालिका ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ। 

पोखराबाट शसस्त्र प्रहरीसहित गोताखोर ल्याएर आइतबार दिनभर खोजीकार्य गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। गोताखोरले खोजी गरे पनि रहमा डुबेको भनी आशंका गरिएका पौडेल फेला नपरेको प्रहरीको भनाइ छ। पौडेलसँगै पौडी खेल्न गएका साथीहरुले ३ दिनपछि (२९) गते मात्रै पौडी खेल्न जाँदा आँधीखोलाले बगाएको बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

पौडेलका साथीहरुले समयमा खबर नगरेको आरोप लगाउँदै उनीहरुलाई कारवाहिको माग गर्दै स्थानीयले घट्नाको सत्यतथ्य छिटो जानकारी गराउन माग गरेका छन्। सयौं स्यानीय नागरिकले वडा प्रहरी कार्यालय घेराउसहित नाराबाजी गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.