बागमती प्रदेशसभाकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

बागमती प्रदेशसभाकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

नुवाकोट : बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमणको पुष्टि भएको छ। गत साउनमा भएका विभिन्न कार्यक्रम तथा भेटघाटमा रहेका व्यक्तिहरु संक्रमित भएपछि आफुलाई पनि शंका लागेर स्वावको नमूना दिएकोमा सोमबार हेटौँडाको परीक्षण ल्याबबाट कोरोना पुष्टि भएको टेलिफोनमा बताइन्। उनले आफ्नो नौ वर्षीय छोरालाई समेत कोरोना पुष्टि भएको जानकारी दिइन्। 

तामाङले आफु र छोराका उपचारमा चिकित्सकहरु आएर परामर्श दिइरहेको र आफूलाई सामान्य खोकी मात्र लागेको उनले बताइन्। छोराको स्वास्थ्य अवस्थासमेत सामान्य रहेको छ।
उनी र उनका संक्रमित छोरा दुवै जना हेटौडास्थित उपसभामुखको क्वार्टरमै आइसोलेसनमा रहेका छन्। कार्यक्रम तथा भेटघाटका क्रममा आफुलाई संक्रमण भएको उनले आशंका गरेकी छन्। 

शंका लागेर गत साउन ३० गते परीक्षणका लागि आफ्नो र छोराको स्वाव दिएकोमा दुवैको नतिजा पोजेटिभ आएको तामाङले बताइन्। 
यससँगै नुवाकोटका हाइप्रोफाइल व्यक्तिमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको छ। प्रदेशसभाकी उपसभामुख तामाङको घर नुवाकोटको शिवपुरी गाउँपालिकाको लिखु गाउँ हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.