खोलामा डुबेर एक महिलाको मृत्यु

खोलामा डुबेर एक महिलाको मृत्यु

भक्तपुर : चाँगुनारायण नगरपालिका-८ सुडालस्थित मूलसाँघु खोलामा डुबेर सोमबार एक महिलाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नपा ६ याछें घर भई हाल सुडालमा डेरा गरी बस्ने ३२ वर्षीया काली भन्ने यसोदा सिजख्वको मृत्यु भएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले मूलसाँघु खोला तर्ने क्रममा खोलामा बनाइएको स्ल्याबमा चिप्लिएर खोलामा बनेको अन्दाजी ५ फिट गहिरो पानीको तहमा डुबेर उनको मृत्यु भएको बताए। उनका अनुसार सोमबार बिहान ९ बजे उनी तरकारी लिन भनी डेराकोठाबाट निस्किएकी थिइन्। खोला किनारमा बाँसको तामा भाँचेर राखिएको बोरा भेटिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

खोला किनारमा रहेको बाँसको झ्याङबाट तामा भाँचेर बोरामा राखी खोला तर्ने क्रममा चिप्लिएर लड्दा खोलामा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ थियो। उनका अनुसार मृतक लासको पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको छ।

सुरुमा प्रहरीलाई स्थानीयले मूलसाँघु खोलामा अधबैसे महिला मृत अवस्थामा रहेको भन्ने जानकारी दिएका थिए। सोही जानकारीको आधारमा परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा र महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.