भक्तपुरमा एकैदिन १३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५५ पुग्यो

भक्तपुरमा एकैदिन १३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५५ पुग्यो

भक्तपुर : भक्तपुरमा सोमबार १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितहरुको संख्या एकसय ५५ जना पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरमा सोमबार १४ जना संक्रमित थपिएको भनिए पनि १३ जनामात्रै रहेको कार्यालयले बताएको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले सोमबार भक्तपुरमा नौ जना पुरुष र चार जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए। जसअनुसार भक्तपुर नपाका ६ पुरुष, मध्यपुर थिमि नपाका दुई पुरुष र एक महिला, सूर्यविनायक नपा एक पुरुष र दुई महिला तथा चाँगुनारायण नपाका एक पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

भक्तपुरमा गएको वैशाख ३० गते पहिलोपटक दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए। तर अहिले यहाँको समुदायस्तरमै कोरोना भाइरस संक्रमण भइसकेको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन्।
उनका अनुसार सोमबार मध्यपुर थिमि नपाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालकी थप एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मध्यपुर थिमि नपा निवासी २५ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो।
यसअघि उक्त अस्पतालकै तीन स्टाफ नर्स र एक कार्यालय सहयोगीलाई कोरोना भाइरस संक्रमण भएको थियो। तीन स्टाफ नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सोमबार थप एकजना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको प्रमुख मिजारले बताए।

अस्पतालका तीन स्टाफ नर्स र एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि शनिबार नै अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। संक्रमित नर्स र कर्मचारीसँगको सम्पर्कमा रहेकाहरु अस्पतालकै आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ।
संक्रमितमध्ये सोमबार दुईजना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जसअनुसार भक्तपुरका ५७ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.