विषालु च्याउ खाँदा प्यूठानमा दुई जनाको मृत्यु
प्यूठान : जंगलमा पाइने विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका दुई जनाको ज्यान गएको छ। नौवहिनी गाउँपालिका ६ ढाखोला निवासी १५ वर्षका सुरेश घर्ती र १३ वर्षका सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
च्याउ खाएपछि सिकिस्त बिरामी परेपछि मंगलबार उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। परिवारका अन्य तीन जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।