स्याङ्जा कारागारका एक कैदीबन्दीमा संक्रमण

स्याङ्जा कारागारका एक कैदीबन्दीमा संक्रमण

स्याङजा : क्षमताभन्दा बढी कैदीबन्दी राखिएको स्याङ्जा कारागारभित्रका एक कैदीमा सोमबार साँझ कोरोना सङक्रमण पुष्टि भएको छ। कोरोना पुष्टिभएसँगै कारागारमा रहेका अन्य कैदीबन्दी र कर्मचारीमा त्रास बढेको छ। 

पुतलीबजार नगरपालिका १ स्थित कारागारमा रहेका ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ। जबरजस्ती करणी मुद्धाका आरोपित उनी ४ वर्षदेखि कारागारमा छन्। उनलाई ५-६ दिनअघि रुघाखोकी र ज्वरो आएको र औषधी खाँदा पनि निको नभएपछि जिल्ला अस्पताल स्याङ्जामा लगिएको थियो। अस्पतालले उनको आइतबारै पीसीआर परीक्षणका लागि प्रादेशिक कार्यालय पोखरामा पठाएको कारागार प्रमुख चुडामणी भण्डारीले जानकारी दिए। 

‘सुरक्षाकर्मीमा संक्रमण देखेपछि कारागार शाखा सिल भएको छ तर कसरी उनमा संक्रमण पुष्टि भयो भन्ने बारेमा बुझ्न सकिएन’, उनले भने, ‘हिरासतमा बसेर कारागारमा आउनेको पनि पीसीआर परीक्षण गरेर नतिजा नेगेटिभ देखिए मात्र ल्याइने गरेको छ, अहिले कसैलाई पनि भेटघाटको समय दिइएको छैन।’

कारागारमा अहिले १ सय ५० जना कैदीबन्दी छन्। तीमध्ये १ सय ३७ पुरुष र १३ महिला हुन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि यहाँका कैदीबन्दीलाई बस्न र सुत्ने ठाउँको अभाव पनि उत्तीकै छ। कारागार १५ महिलासहित ३५ पुरुष गरी ५० जना क्षमताको हो।  

यसअघि, जिल्ला प्रहरी प्रमुखसहित अन्य ४१ जना प्रहरी कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो। तीमध्ये अहिले ३९ जना निको भएर काममा फर्किसकेका छन्। कोरोना पुष्टिपछि निको भएर फर्कनेको संख्या पनि धेरै छ। कैदीमा सङक्रमण पुष्टिभएसँगै स्याङ्जामा कोरोना सङक्रमितको संख्या ३ सय ४ पुगेको छ। तीमध्ये १ सय ७२ जनाले कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ। अन्य संक्रमित जिल्ला स्थित विभिन्न आइसोलेशनमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.