डडेल्धुरा अस्पताल प्रयोगशालामा ४६ स्वाबको रिपोर्ट पोजिटिभ
डडेल्धुरा : डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा ४६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । २४७ नमूना परीक्षणमा ४६ जनामा कोरोना पोजिटिभ देखा परेको हो ।
ल्याबमा पछिल्लो २४ घण्टामा गरिएको २ सय ४७ नमुना परीक्षणमा ४६ नमुनामा कोरोना पोजेटिभ देखिएको ल्याब प्रमुख ईश्वरी भुससालले बताए । कोरोना पोजिटिभ देखिएका सबै नमुना डोटी जिल्लामा संकलन गरिएका हुन्।
जिल्लाको शिखर नगरपालिका १० का १६ जना, वडा ९ का १४, वडा ७ का १३ र वडा नं १ का १ जना रहेका छन् भने दिपायल सिलगढी नगरपालिका ८ का १ जना रहेको अस्तालले जनाएको छ । बाँकी २०१ जनाको नमूना नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ ।