दैलेखका ठाउँ-ठाउँमा पहिरो, दुईको मृत्यु, एक बेपत्ता, ७ घर बगे

दैलेखका ठाउँ-ठाउँमा पहिरो, दुईको मृत्यु, एक बेपत्ता, ७ घर बगे

दैलेख : अबिरल वर्षासँगै दैलेखका विभिन्न ठाउँमा पहिरो गएको छ । मंगलबार राती गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-४ गैरागाउँमा गएको पहिरोले ७ वटा घर बगाएको वडाध्यक्ष रमेशबहादुर सीजापतीले जानकारी दिए ।

पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएको वडाध्यक्ष सीजापतीले बताए । 'राती २ बजेतिर पहिरो गएको खबर पायौं, 'वडाध्यक्ष सीजापतीले भने, 'तत्काल पहिरो गएको स्थानमा गएर धेरैको ज्यान जोगायौं।'

पहिरोमा परी मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका-४ गैरागाउँका १२ वर्षीय जनक कठायत रहेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । मृतक बालकका बुबा ४२ वर्षीय टिकाराम कठायत र आमा धनसरा कठायत घाइते छन् ।

यस्तै १७ वर्षीया बेल कठायत, १५ वर्षीय शम्शेर कठायत, गम्ब नेपाली र ३४ वर्षीय महेन्द्र शाही घाइते छन् । बेपत्ता हुनेमा स्थानीय दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश कठायत रहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । उनको खोजी कार्य भइरहेको छ । 

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । उनीहरुको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्न गृह मन्त्रालयसँग पत्राचार गरिसकेको क्षेत्रीले बताए ।

यस्तै मंगलबार राती गएको पहिरोमा पुरिएर भगवतीमाई गाउँपालिका-५ का ६७ वर्षीय बलबहादुर रावलको मृत्यु भएको बताईएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । उनको परिवारका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ । पहिरोले घरसमेत भत्किएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.