बझाङको बुंगलमा पहिरो: दुई बालकको  मृत्यु , चार जना घाइते

बझाङको बुंगलमा पहिरो: दुई बालकको  मृत्यु , चार जना घाइते

बझाङ : बझाङको बुङ्गल नगरपालिका ५ मिडीमा गए राती पहिरोमा परी दुई जना बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

पहिरोमा बेपत्ता बालकहरुको बिहान लाश भेटाएको थियो। मृत्यु हुनेमा बुंगल नगरपालिका ५ मिडीका प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन ताम्राकार र छिमेकी गाँउका ६ वर्षका सुदीप ओखेडा रहेका प्रहरीले बताएको छ। 

यसै गरी पहिरोमा  ४० वर्षीया  पिपला ताम्राकार, १८ वर्षीया सुनिता ताम्राकार र १२ वर्षीया सन्तोषी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएका छन्। उनीहरु एकै परिवारका मानिस हुन्। पहिरोबाट उद्धार गरिएका घाइतेको स्थानीय खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताएको छ। 

उनीहरुको अवस्था सामान्य रहेको छ।  गाउँ माथिबाट राती ११ बजेतिर एक्कासी पहिरो झरेपछि सुतिरहेका गाँउलेको भागाभाग भएको थियो। पहिरोले मिडीका गाँउका अन्य पाँच परिवार विस्थापित भएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.