कारागार सुरक्षार्थ खटिएका २ सैनिकमा कोरोना संक्रमण

कारागार सुरक्षार्थ खटिएका २ सैनिकमा कोरोना संक्रमण

स्याङजा : स्याङ्जा जिल्ला कारागारको सुरक्षार्थ खटिएका २ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ। कारागारको सुरक्षार्थ खटिंदै आएका दुबै सैनिकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो। हाल उनीहरुको पोखरा स्थित आर्मी अस्पतालमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। 

प्रशासनले कारागारको बाहिरी सुरक्षाका लागि नेपाली सेना र भित्री सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ गरेको छ। करिब ३५ देखि ४० वर्षका नेपाली सेनाका जम्दार र हवल्दारद्वय संक्रमित भएका कारागार प्रमुख चुडामणी भण्डारीले जानकारी दिए। दुवै सैनिक अस्वस्थ भएपछि उपचारका लागि पोखरा पठाएको र उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। 

सोमबार साँझ जिल्ला कारागारका एक जना कैदीमा पनि कोरोना संक्रमण देखिएको थियो। कारागारमा कैदीसहित २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबार पहिलो चरणमा अन्य बाँकी सुरक्षाकर्मी र कर्मचारीको पीसीआर टेष्टको तयारी भैरहेको कारागार शाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.