निषेधाज्ञा, कर्फ्यु जस्तै हो त ?

निषेधाज्ञा, कर्फ्यु जस्तै हो त ?

भक्तपुर : काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ। तीन जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख अधिकारीसहित जिल्ला सुरक्षाको प्रमुखको मंगलबार बसेको बैठकको निर्णयअनुसार अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ। 

यसलाई धेरैले कर्फ्र्युको संज्ञा दिएका छन् तर निषेधाज्ञा कर्फ्यु नै चै नभएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। उनले कोरोना भाइरस संक्रमण नियन्त्रण एवं व्यवस्थापन गर्न जनस्वास्थ्य सुरक्षाको लागि निषेधाज्ञामात्रै लगाइएको स्पष्ट पारिन्। निषेधाज्ञामा अति आवश्यकीय क्रियाकलाप गर्न तथा उक्त क्रियाकलाप गर्ने निश्चित व्यक्तिहरु घर बाहिर निस्कन पाइने बताइन्। ‘निषेधाज्ञामा सर्वसाधारण घर बाहिर निस्कनै पाइँदैन भन्ने छैन तर अनावश्यक रुपमा घरबाट लखरलखर हिँड्न भएन।’, प्रजिअ पाण्डेले थपिन्, ‘तर कर्फ्युमा कोही पनि घरबाहिर निस्कन पाइँदैन। शान्ति सुरक्षा नियन्त्रणमा लिन सेना परिचालन गरिन्छ।’

सर्वसाधारणले गर्न हुने र गर्न नहुने काम तथा गतिविधि किटान गरिएकाले निषेधाज्ञा कर्फ्युभन्दा धेरै नरम बन्देजात्मक व्यवस्था भएको उनको भनाइ थियो। ‘निषेधाज्ञामा तोकिएको कर्मचारी, स्वास्थ्यकर्मी, बिरामीलगायत अत्यावश्यकीय कार्यमा खटिने व्यक्तिहरु घरबाट सम्बन्धित गन्तव्यमा जान पाउँछन्’, उनले भनिन्, ‘आकस्मिक एवं अत्यावश्यक वस्तु तथा उत्पादन बोक्ने सवारीसाधन चल्छन्। कर्फ्युमा सबै ठप्प हुन्छ।’

प्रजिअ पाण्डेले कर्फ्युभन्दा निषेधाज्ञा नरम भएपनि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न कडा कदम चालिने स्पष्ट पारिन्। बिहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले केही खुकुलो भएपनि शुक्रबारदेखि कडा हुने उनको संकेत थियो।‘निषेधाज्ञा अवज्ञा गरी विनाकाम लखरलखर हिँड्ने सर्वसाधारणलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं’, उनले भनिन्, ‘आवश्यक परे जेल पनि हाल्छौं।’निषेधाज्ञाको पहिलो दिन सुनसान भक्तपुर नपाको मुख्य बजार क्षेत्र।

उनले समाजमा प्रतिष्ठित र ठूलावडा भनिएकाहरु नै निषेधाज्ञा उल्लंघन गरी अनावश्यक रुपमा सडकमा आएको पाइएको गुनासो गरिन्। निषेधाज्ञा भन्दाभन्दै जबरजस्ती विनाकाम लखरलखर सडकमा आउनेलाई कारबाही गरेरै छाडिने उनको भनाइ थियो। ‘समाजमा प्रतिष्ठित र ठूलावडा नै विनाकाम निषेधाज्ञा उल्लंघन गरी सडकमा आएका छन्’, उनले भनिन्, ‘तपाईंजस्तो व्यक्ति विनाकाम किन सडकमा आउनुभएको भनेर सोध्दा ‘यसरी कडा होला भन्ने थाहै छैन’ भन्नुहुन्छ। यो त अटेरीपनको हद हो। त्यसैले अटेरी गर्नेलाई आवश्यक परे जेल नै हाल्छौं।’
पाँच महिना लकडाउनमा बस्दा पनि निषेधाज्ञा के हो भन्नेबारे थाहा नहुने कुरै नहुने प्रजिअ पाण्डेको जिकिर थियो। उनका अनुसार सर्वसाधारण अटेरीसँगै बुझेर पनि बुझ पचाउन माहिर भइरहेका छन्। ‘पाँच महिनासम्म लकडाउनमा बस्दा पनि निषेधाज्ञा के हो थाहा छैन भन्ने हुन्छ ?’, उनले भनिन्, ‘यो बुझेर पनि बुझ पचाएको हो। आफैँ कोरोना भाइरसको संक्रमित नभएसम्म बुझ्न चाहँदैनन्।’उनले एकसाताको निषेधाज्ञाले पनि उपत्यकामा कोरोना भाइरस संक्रमण नियन्त्रण नभए योभन्दा कडा व्यवस्था गरिने सुनाइन्।

काठमाडौं उपत्यकामा निरन्तर रुपमा कोरोना संक्रमित बढिरहेका छन्। बुधबार १५९ जना, मंगलबार २०५ जना, सोमबार १६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो। कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञाको निर्णय भएको हो। निषेधाज्ञाको पहिलो दिन सुनसान भक्तपुर नपास्थित सुकुलढोका बजार क्षेत्र। तस्बिर : ईश्वरकाजी खाइजु 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.