हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

बैतडी : लगातारको बर्षाले बैतडीका विभिन्न स्थानमा मकैबालीमा व्यापक क्षति पुर्‍याएको छ। बर्षासँगै आएको हावाहुरीले मकैबाली पूर्ण रुपमा नष्ट गरेको सुर्नया गाउँपालिका_४ का रामबहादुर महराले बताए। उनले भने ‘हावाहुरीले घोगा लागेको पुरै मकै ढलेको छ। हावाहुरीले मकैमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छौं। कोरोना कहरसंगै भोकमरी पनि डर पनि छ।’

हावाहुरीले सुर्नया गाउँपालिका ४ को चाडी,डबराली, जोगेनीलगायतका क्षेत्रमा व्यापक नष्ट गरेको वडा सदस्य हरि महराले बताए। उनले भने ‘जंगली बँदेलबाट बल्लतल्ल जोगाएको मकै हावाहुरीले सखाप पार्यो। मुख्य खाद्यबालीको रुपमा रहेको मकै नष्ट भएपछि हामी भोकमरी हुने चिन्तामा छौं।’
यस्तै जिल्लाका अन्य ठाउँमा पनि हावाहुरीले मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन्। बर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको पुर्चौंडीका उत्तम बोहराले बताए। उनले भने ‘यो बर्ष भोकमरी नै होला जस्तो छ। मकैमा शुरुमा रोगकिराको प्रकोप देखियो। त्यसपछि जंगली जनावरको आतंक छँदैछ। हावाहुरीले पनि बाँकी रहेको मकै सखाप पारेपछि हामी चिन्तित बनेका छौं।’

जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा विभिन्न कारणले क्षति भएपछि यो बर्ष मकै उत्पादनमा समेत ह्रास आउने देखिएको छ। १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको भएपनि यो बर्ष विभिन्न कारणले मकैबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने ‘यो बर्ष मकैमा रोगकिरा देखि लिएर हावाहुरीको प्रकोप समेत भयो। यसले मकै उत्पादनमा ह्रास आउने देखिन्छ।’

जिल्लामा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर सैयौं नागरिक घर फर्किएका छन्। तर बारीमा लगाएको बालीनाली नष्ट भएपछि भोकमरीको चिन्ता बढेको मेलौली ७ का किशोर कार्कीले बताए। बैतडी मकैजोन क्षेत्र भएपनि जोन क्षेत्रमै यसपालि मकै उत्पादन घट्ने देखिएको छ। गएका केही बर्ष यता मकैबालीमा लगातार क्षति व्यहोर्दै आईरहेका किसानहरुले यो बर्ष झन् क्षति हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.