समुदायमै फैलियो कोरोना : जुम्लामा एकैदिन ५६ जनालाई संक्रमण

समुदायमै फैलियो कोरोना : जुम्लामा एकैदिन ५६ जनालाई संक्रमण

सुर्खेत : जुम्लामा समुदाय स्तरमै कोरोना फैलिएको छ। पहिलो पटक एकैदिन जुम्लाका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए।

उनका अनुसार जुम्लाको हिमा गाउँपालिकाका-८ जना र चन्दननाथ नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो। एक सय २९ जनाको नमुना संकलन गरिएकोमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए।

हाल प्रतिष्ठानको आइसोलेसन वाडमा १४ संक्रमितको उपचार भइरहेको छ। जुम्लामा एकैदिन धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो। यसले समुदाय स्तरमै कोरोना फैलिएको पृष्टि हुन्छ। 

योसँगै शुक्रबार कर्णाली प्रदेशमा ६२ जनामा कोरोना संक्रमण पृष्टि भएपछि कर्णालीमा कुल कोरोना संक्रमितको संख्या र्२ हजार २ सय २५ पुगेको छ।

हालसम्म कर्णालीमा एक हजार नौँ सय ४५ जनाले कोरोना जितेका छन्। संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ। हाल कर्णालीका विभिन्न आइसोलेसनमा जम्मा २ सय ७४ जना मात्रै रहेका छन्। कर्णालीमा हालसम्म ५० हजार ९ सय ३९ जनामाको पीसीआर परीक्षण गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.