समुदायमा कोरोना फैलिएपछि कालिकोटमा पाँच दिन निषेधाज्ञा

समुदायमा कोरोना फैलिएपछि कालिकोटमा पाँच दिन निषेधाज्ञा

कालिकोट : कालिकोटमा कोरोना समुदाय स्तरमा फैलिन थालेपछि पाँच दिन निषेधाज्ञा गरिएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबार राती १२ बजेदेखि भदौ १० गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो।

कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए। संक्रमण फैलिन नदिन सजगता अपनाउन सचेतनामुलक कार्यक्रम र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए। उनका अनुसार बिहिबार मात्र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा जिल्लाको तिलागुफा नगरपालिका नाक्मा बजारका स्थानिय पाँच जना र सुर्खेतमा परिक्षण गरिएका भारतबाट आएका खाँडाचक्र नगरपालिका वडा नं. १ का २ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञा जारी गर्नु परेको हो।

नेपालीको मुख्य चार्डपर्व नजिकिँदै गर्दा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन सजकता अपनाईएको छ। शुक्रबार नेपाली हुन्दु नारीहरुको महान चार्ड तिजलाई भीडभाड गरेर नमनाउन आग्रह गरिएको छ। जसका कारण जिल्ला सदरमुकाम मान्म बजारका साथै आसपासका बजारहरुमा तिजको चहलपहल सामान्य छ। प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार निषेधाज्ञा अवधीभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको छ।

जिल्लाका चारै तिरका सिमानाबाट जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ। जिल्लामा हालसम्म ७५ जनामा कोरोना पुष्टि भईसकेको छ। जसमा ६६ जनाले कोरोना जितेर घर फर्किएका छन्। बाँकी ९ जनालाई आईसोलेसनमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.