भक्तपुरमा १३ कोरोना संक्रमित थपिए

भक्तपुरमा १३ कोरोना संक्रमित थपिए

भक्तपुर : शुक्रबार भक्तपुरमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा भक्तपुरमा १५ जना संक्रमित थपिएको जानकारी दिइएको थियो। तर भक्तपुर जिल्लाका १४ जनामात्र रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले एकजना काठमाडौं महानगरपालिका ३४ जडिबुटी निवासी रहेको रहेको बताए। त्यस्तै अर्को एकजना दोस्रोपटक परीक्षणको रिपोर्ट आएको उनले जानकारी दिए।

उनका अनुसार सूर्यविनायक नपा निवासी एकजना संक्रमितको दोस्रोपटकको कोरोना परीक्षण पनि शुक्रबार पोजिटिभ आएको छ।

शुक्रबारसम्म भक्तपुरमा संक्रमितको संख्या २ सय १४ पुगेको छ। स्वास्थ्य कार्यालय प्रमुख मिजारले शुक्रबार भक्तपुरमा सूर्यविनायक नपाका ५, भक्तपुर नपाका ५ र मध्यपुर थिमि नपाका ३ जना गरी १३ जना संक्रमित थपिएको स्पष्ट पारे।

निषेधाज्ञा उल्लंघन गर्ने २४३ नियन्त्रणमा
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भक्तपुरमा निषेधाज्ञा जारी गरिएको दोस्रो दिन पनि सर्वसाधारण अनावश्यक रुपमा सडकमा निस्किन रोकिएनन्। तर शुक्रबार पहिलो दिनको तुलनामा आधा संख्यामा घटेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार शुक्रबार निषेधाज्ञा अवज्ञा गर्ने २ सय ४३ जनालाई नियन्त्रणमा लिइएको छ। जसमा पुरुष २ सय ६ र महिला ३७ जना रहेको उनले जानकारी दिए।

त्यस्तै ५९ वटा मोटरसाइकल र ७ वटा चारपांग्रे गरी ६६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको छ। सरकारी निषेधाज्ञा उल्लंघन गरी विनाकाम सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै होल्ड गरेर उभ्याउने गरेका छन्। सवारीसाधनमा आउनेलाई समेत सडकमै होल्ड गरिएको छ। 

प्रहरीले निषेधाज्ञाका बेला अनावश्यक रुपमा सडकमा आउनेलाई आवश्यक परे कानुनी कारबाहीसमेत गर्ने चेतावनी दिँदै आएको छ। प्रहरी र स्थानीय नगरपालिकाहरुले निषेधाज्ञाबारे माइकिङ गरेर जानकारी दिँदै आएका छन्। तैपनि निषेधाज्ञामा अटेर गरेर सडकमा निस्कने क्रम रोकिएको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.