घामपानी, छन्दको सुगन्ध र महाविद्यावारिधि

घामपानी, छन्दको सुगन्ध र महाविद्यावारिधि

कक्षा दुर्ई पुगेपछि बल्लतल्ल नेपाली पुस्तक आयो, एउटा पारसमणि प्रधानको दार्जिलिङ (भारत) तिरबाट र अर्को ‘घामपानी’ माधव घिमिरेको नेपालकै। बालबालिकाका लागि पनि पुस्तक हुँदा रहेछन्। कति ठूला अक्षरमा चित्र पनि भएका, म छक्क परेँ। उस बेला पाँचथर जिल्लाको पल्लो सिमाना च्याङ्थापुमा हाम्रो बसोबास थियो। त्यहीँको हरि मिडिल स्कुल गढीमा बुवाले मेरो नाम लेखाइदिनुभएको थियो। दुर्ईजना गुरु डाँडापारि (दार्जिलिङ, भारत)का थिए भने दुर्ईजना स्थानीय गढी बजारकै। गाउँको पाठशालामा गीता कण्ठ पारेर अक्षर चिनेको म स्कुलमा त्यति सजिलो पुस्तक हुन्छन् भन्ने सोचेकै थिइनँ। केहीपछि त हामी गाउन थाल्यौं-

 

यति सानो चिप्ले कीरा कति सानो जन्तु 

पृथ्वीलाई नाप्न खोज्छस् पस्री पस्री किन्तु।   
हिमालमा हिउँ छ हाम्रो कानमा ईयु छ 
हामी गाउँछ सेलो लेली लेली लेलो।  

आज ५७ वर्ष बितेछन् तर मलाई धेरै कण्ठ छन्। कसरी यस्तो बनियो होला भन्ने आश्चर्य मात्र लाग्थ्यो। बालबालिकालाई अर्थ होइन, लय सिकाउनुपर्ने रहेछ। ती हृदयमा चल्न थालेपछि आफैं भाषा खुल्दै जाने रहेछ। प्रत्येक दिन गिरान्मा (स्कुलको ग्राउन्ड) निस्केर फालिन लाग्थ्यौं परेड खेल्थ्यौं अनि प्रार्थना गाउँथ्यौं। एउटा थियो, सरस्वतीको अर्को देशको, मातृभूमिको।

गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली 
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल...। 

दुई महिनामा कण्ठ भयो अनि ता जति बेला पनि गाएर उत्पात गथ्र्याैं हामी। यसरी हृदयमै बस्ने भाका हुन्छ, अमर शब्दको चयनले। अत्यन्तै ठूलो शिल्पले यस्तो जादुगरी प्राप्त हुन्छ भन्ने कुरा ता कहिल्यै बुझिएन तर देश र जाति सम्झँदा अझै मनमा तिनै लहर चल्दछन्, गण्डकी कोसी कर्णाली, मेची र महाकाली...। करोड नेपालीमा एक शिल्पी रहेछन् ती वरद आत्मा माधवप्रसाद घिमिरे। हाम्रा नानीहरूका कलिला हृदयमा यस्ता राष्ट्रिय भावका गीतहरूको अति आवश्यकता छ नत्र उनीहरूको शिक्षा नै व्यर्थ हुन्छ। सबैभन्दा माथि शिरमा ता राष्ट्र हुनुपर्ने रहेछ, सारा अटाउने राष्ट्रको गौरवगान। यो गीत गाउँदै हामी बुरुक्क उफ्रिन्थ्यौं-
 

सीताले साराले भिजाइन् दक्षिण लंका भारत 
भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत...।

पछि २०३० सालमा म काठमाडौं आएँ। कीर्तिपुरमा बीएड पढ्न लागेँ। राष्ट्रकविकै ‘पापिनी आमा’ पाठ्यक्रममा थियो। पढेर एउटा समीक्षा लेखेँ, जानेर ता होइन। त्यति मात्र होइन, ‘विवशता’ नाम राखेर उनको जस्तै गीति भाकामा एउटा खण्डकाव्य लेखेँ। तत्काल काठमाडौंको जीवन छोएर। अनि माधव घिमिरेलाई भूमिका लेखाउन गएँ। त्यसै बेला हो मैले लैनचौर देखेको। त्यो लगेर एकेडेमीमा बुझाएँ, उनले त्यसै गर्नू भनेकाले। भूमिका आएको थिएन। त्यो मेरो अनभिज्ञतामा माधव घिमिरेजस्तै कवि बन्ने मूर्खता र उत्तेजना पनि मिसिएको थियो होला। शर्म लागेका बेला सम्झिन्छु। त्यसको ४४ वर्षपछि सन्ध्या पहाडीले खोजेर त्यो मलाई सकुशल फिर्ता दिनुभयो। गौरीका लाइनहरू कण्ठ थिए, पछि मालती मंगलेका। म भित्रभित्र माधव घिमिरे हुन लागेको थिएँ तर कुनै अध्ययनबेगर, साधनाबेगर, अन्तप्र्रेरणाबेगर; केवल भावुकताले उनको जादुको वशमा परेर। त्यो शिल्प र साधनाको वरदान लाखमा एकलाई प्राप्त हुँदो हो।

नेपालमा माधव घिमिरेको मात लागेर लट्ठिएका स्रष्टा धेरै छन्। नेपाली लोक छन्द, गीति छन्द र शास्त्रीय छन्दको पहिचान गरी जुन शक्ति र शिल्पले अनेक काव्यमा उनले उतारे, जुन कसैले सक्ने छैन। अक्षरको गणना होइन तर नेपाली लय सुनिने, बुझिने, छुने र रसाउने गरी नेपाली भाषामा यत्रो शक्ति भर्न कसले सक्छ ? भानुभक्तले भरे, महाकविले अनि माधव घिमिरेले। त्यसैको परिणाम आजको नेपाली काव्य कविता साधकमध्ये आधाजसो छन्द साधनामा छन्। आज छन्द गायन एउटा व्यापक लहर बनेर स्थापित हँुदैछ। यो एक पुनर्जागरण काल हो। छन्द सबै थोक ता होइन, त्यसले धेरै साधना माग्छ। कति विचार प्रस्तुत गर्न गाह्रो पर्छ। प्रयोग कविता असम्भव हुन्छ तर यो सौन्दर्य चेतना बेगरको पूर्वीय साहित्य अतुलनीय शक्ति र सौन्दर्यरहित हुन जान्छ।

नेपालमा माधव घिमिरेको मात लागेर लट्ठिएका स्रष्टा धेरै छन्। नेपाली लोक छन्द, गीति छन्द र शास्त्रीय छन्दको पहिचान गरी जुन शक्ति र शिल्पले अनेक काव्यमा उनले उतारे, जुन कसैले सक्ने छैन। अक्षरको गणना होइन तर नेपाली लय सुनिने, बुझिने, छुने र रसाउने गरी नेपाली भाषामा यत्रो शक्ति भर्न कसले सक्छ ? भानुभक्तले भरे, महाकविले अनि माधव घिमिरेले।

यसका अग्रणी माधव घिमिरे नै हुन्। कविशिरोमणिले पनि यही गरे, यसमा उच्च र अन्तिम परिस्कार स्थापित गरे। तर, उहाँको ध्यान सधैं लोक तत्वपट्टि थियो। उनी अति लोकप्रिय भए। महाकविले पाउन नसकेको मानसम्मान प्रतिष्ठा सबै कमाए। उनलाई राष्ट्रकवि पनि बनाइयो। यद्यपि त्यो एक तत्कालीन राजनीतिक उद्देश्य प्राप्तिको लक्ष्य थियो। कुनै अलंकार विभूषणबेगरै भए पनि उनी राष्ट्रकवि नै हुन्। उनका गीतिरचना सधैं राष्ट्रिय भावनाका चेतनाका सौन्दर्यका मानिसलाई जुरुक्क उठाउने खालका छन्। हजारौंलाई ती विशेष श्लोकहरू कण्ठ छन्। बेलायती अलेक्जेन्डर पोपका काव्यका पंक्तिहरू दुनियाँले गाएजस्तै नेपाली जातिले उनलाई गाउँछ। दुई दिन भयो, मिडिया र फेसबुकमा धारो लागेको छ। उनको सम्झनाले देश भिजेको छ।

युवाकालको रुमानी भाव सेलायो अनि म माधव घिमिरे पथ हिँड्न सक्तिनँ भन्ने भयो। हेर्दा र सुन्दा कहिल्यै नछोड्नु जस्तो लाग्ने तर त्यस्तो सुललिताले देशको हृदय बजाउन नसकिने रहेछ। उनको यही उचा अमूल्य योगदानको निमित्त त्रिभुवन विश्वविद्यालयले २०७३ सालमा नेपाली साहित्यका दुई महारथीलाई मानार्थ महाविद्यावारिधि प्रदान गर्‍यो, माधव घिमिरे र इन्द्रबहादुर राई। एकानब्बे वर्षमा बिदा माग्ने आईबी सरको पालो दुई वर्षअघि आयो। दस वर्ष बढी बाँच्ने माधव घिमिरेको यसपालि।

उहाँहरूलाई मानार्थ महाविद्यावारिधिले अलंकृत गर्ने निर्णय भएपछि उपकुलपति प्राध्यापक तीर्थराज खनियाँ घरैमा आउनुभयो। हामी सहकर्मी साथी। त्यसैले हामीले घरैमा बसेर एउटा पत्र तयार गर्‍यौं। आईबी राईलाई विद्यावारिधि सुशोभन समारोहमा वितरण गरिने ता गुणानुवाद पनि मैले नै तयार पारेँ, जुन कुरा उहाँको स्मृति ग्रन्थमा छ। त्यसैगरी राष्ट्रकविको गुणानुवाद अर्का विद्वान् मित्रले बनाउनुभयो। मेरा मित्र खनियाँ भर्खरै त्रिविका उपकुलपति हुनुभएको थियो। हामीले यस्तो ड्राफ्ट बनायौं-
 

राष्ट्रकवि माधव घिमिरेज्यू,
लैनचौर, काठमाडौं

यहाँले नेपाली वाङ्मयको उन्नतिमा आठ दशकदेखि आपूmलाई समर्पित गरी दीर्घ सेवा पुर्‍याउनुभएकाले सम्पूर्ण नेपाली जातिको गौरव बढेको छ। आधुनिक नेपाली साहित्यको शैशव कालदेखि निरन्तर रूपले कविता-काव्य सिर्जना गर्दै आउनुभएको यहाँले गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, मालती मंगलेजस्ता धेरै काव्यकृति सिर्जना गरी नेपाली कविताको विशेष धारलाई उन्नत गराउनुभएको छ। नेपाली साहित्यको दीर्घ सेवामा समर्पित यहाँलाई नेपाली जगत्ले ठूलो श्रद्धा र सम्मान गर्दै आएको छ।

यहाँले नेपाली साहित्यका लागि गर्नुभएको दीर्घ तपस्या एवं विशिष्ट उपलब्धिको उच्च मूल्यांकन गर्दै २०७२ असोज ३ गते ५३औं ग्रेस लिस्ट पास गर्न बसेको त्रिभुवन विश्वविद्यालय सभाको बैठकले यहाँलाई महाविद्यावारिधि मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेकाले सो कुरा यहाँलाई सहर्ष जानकारी गराउन पाउँदा खुसी लागेको छ। यहाँप्रति त्रिभुवन विश्वविद्यालयको तर्फबाट हार्दिक सम्मान एवं बधाई प्रकट गर्दछु। यसका साथै निकट भविष्यमा यहाँको समुपस्थितिमा एक समारोहबीच विश्वविद्यालयले सो उपाधि हस्तान्तरण गर्ने भएकाले उपयुक्त समय मिलाई उपस्थितिका लागि निमन्त्रणा गर्नेछौं। सो अवसरमा उपस्थित भई नेपाली शैक्षिक÷प्राज्ञिक जगत्लाई प्रोत्साहित गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु।
यहाँको विश्वस्त,
प्रा.डा. तीर्थराज खनियाँ
उपकुलपति, त्रिभुवन विश्वविद्यालय

अर्को वर्ष दीक्षान्त समारोह भयो। आईबी सर आउन सक्नुभएन। राष्ट्रकविलाई राष्ट्रिय सभागृहमा राष्ट्रपतिबाट सो अलंकार प्रदान गरियो। विश्वविद्यालय खुलेको ५८ वर्षपछि १० जना स्वदेशी र विदेशी महामहिमलाई महाविद्यावारिधि प्रदान गरिएको इतिहासमा उहाँहरू नै अन्तिम पात्र हुनुभयो। एक राष्ट्रले योभन्दा ठूलो उपहार के चढाउन सक्छ र ! नेपाली जातिलाई हृदयमा राखेर लेख्ने राष्ट्रकविको सुवास नेपाली माटोमा युगानुयुग मग्मगाइरहोस्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.