मैं मरिगएको...!
आजै र राति के देखें सपना मैं मरिगएको
मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको
वारी र पारी घाम र छायाँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार !
शब्द :माधव घिमिरे
संगीत :नातिकाजी
स्वर :नारायण गोपाल
भँगेरा र भँगेरी (बालकविता)
कुरा गर्छन् कसरी
भँगेरा र भगेरी
चुचु गर्छ भँगेरो
चिरबिर गर्छे भँगेरी।
चारा चर्न हुन्न है
यताउति नहेरी
यौटा आँखो तँ हेरी
अर्को आँखो म हेरी।
टाप्प टिप्प कनिका
टिपिहालौं नटेरी
चुर्र गर्छु म फेरि
भुर्र उड्नू तँ फेरि।
जिल्ल पर्छ बिरालो
हिस्स पर्छ बोहोरी
कति बाठो भँगेरो
कति बाठी भँगेरी।
पुतली (बालकविता)
टाला टुली बाटुली
कति राम्री पुतली
सानी पनि छैन रे
ठूली पनि हैन रे
जीउ सुत्त परेकी
पहेंली र पातली
कति राम्री पुतली।
लाइद्यूँ कि बुलाकी
टिकी राम्रो होला कि
कोरी बाटी चुलठी
अँखियामा गाजली
कति राम्री पुतली।
भत्काइ झुम्री झाम्री
अझै बनाउँ राम्री ?
एकै छिन नखेली
बस मनमा झल्झली
कति राम्री पुतली।