स्वाब दिएका घर बाहिर निस्कन नपाउने

स्वाब दिएका घर बाहिर निस्कन नपाउने

उदयपुर : कोरोना भाईरसको संक्रमण एकिन गर्न स्वाब दिएका व्यक्तिहरु रिर्पोट नआएसम्म घरबाट बाहिर निस्कन नपाउने भएका छन्। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र उदयपुर र जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको संयुक्त बैठकले स्वाब दिएका र कन्ट्रयाक ट्रेसिङ्गमा आएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा रहेको निष्र्कष निकाले पछि स्थानीय प्रशासनले उनीहरुको बाहिरी आवतजावतमा रोक लगाएको हो।

स्वाब संकलन पश्चात रिर्पोट नै नआई खुल्लामखुल्ला घर वाहिर निस्कदा संक्रमण बढेको र अझ खतरा हुने संकेत देखिएपछि रिर्पोट नआएसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्ने शर्तनामा पछि मात्र पिसीआर परीक्षण गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए।

शर्तनामा उल्लंघन भए संक्रमण रोग ऐन, २०२० वमोजिम कारवाही गर्ने निर्णय भएको उनले बताए। धेरैजसो पिसीआर परीक्षण लगत्तै वाहिरी हिड्डुल गर्ने र संक्रमण अरुमा फैलाउने अवश्था सृजना भएकाले संक्रमण न्युनिकरणका लागि यस्तो निर्णय गरिएको प्रजिअ पाण्डेले बताए।

उनले भने, ‘पिसीआर परीक्षणका लागि स्वाब दिने तर रिर्पोटका लागि धैर्यता नगर्ने हाम्रो आदत छ जसलेगर्दा अवश्था भयाभह बन्न सक्ने खतरा छ।’ ‘रिर्पोट नेगेटिभ आउँदापनि यो बेला भिडभाडमा जानु गलत हो तर पोजिटिभ आयो भने उँसग नजिक रहेकाको अवश्था के हुन्छ,’ उनले भने, ‘स्वाब दिएर भिडभाडमा जानु भनेको संक्रमण निम्त्याउनु हो।’

अहिले नेगेटिभ आएको रिर्पोट एकछिनको लापरवाहीले पोजेटिभ आउन सक्छ त्यसैले आफैले सावधान अपनाउनु नै राम्रो हुने उनको भनाई छ। जिल्लामा सात जना मालपोतका कर्मचारी, शिक्षक, नेपाल प्रहरी, जनप्रतिनिधि, व्यापारी, बालबालिकासहित समुदायमा कोरोना संक्रमण देखिएको छ।

लकडाउनको पालना नगर्दा र स्वास्थ्य मापदण्ड पालना नगर्दा उदयपुरमा जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए। बैठकले गृहमन्त्रालयको परिपत्रलाई आधारमानी जिल्ला भित्र स्वास्थ्य सुरक्षा मापदण्ड कडाईकासाथ पालना गराउन सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालको संयोजकत्वमा १० जनाको जिल्ला स्तरीय संयुक्त अनुगमन टोली गठन गरिएको छ।
त्यस्तै साउन २९ गतेबाट सुरु भएको त्रियुगा, चौदण्डिगढी र बेलका नगरपालिको निषेधाज्ञ भदौ १२ गते राती ११ वजेसम्म कायम राख्ने, अति आवश्य वाहेकका कर्मचारीलाई विदा वा काज नदिने र हाजिर हुन आएका कर्मचारीलाई कार्यालय प्रमुखले अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको प्रजिअ पाण्डेले बताए।

बैठकले संक्रमणबाट मृत्यु भएका मृतकको शवलाई व्यवस्थापन गर्न त्रियुगा नपाले अन्य स्थानीय तहसँग समन्वय गरी शव वाहनको व्यवस्था गर्ने, स्थानीय तहले वडा गाउँस्तरसम्म कोभिड १९ सम्बन्धि सचेतना कार्यक्रमलाई निरन्तरता दिने, त्रियुगा उद्योण वाणिज्य संघले अत्यावश्यक सामग्री तथा खाद्यान्न ढुवानी, भण्डारण र वितरण गर्दा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने निर्णय भएको उनले बताए। 

त्यस्तै स्वास्थ्य कार्यालयले संक्रमित विरामी र निको भएकाहरुको विवरण अद्यावधिक गर्ने, आवश्यक परेको अवश्थामा संक्रमित विरामीको उपचारका लागि स्वेच्छिकरुपमा प्लाज्मा दान गर्न सहमत भएका व्यक्तिलाई निश्चित ढाँचाको फारम भर्न लगाई विवरण अद्यावधिक गरी सुरक्षित राख्ने निर्णय भएको प्रजिअ पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.