अमेरिकी अभिनेत्री लोरीलाई जेल सजाय
वासिङटन : अमेरिकन अभिनेत्री लोरी लोलीनलाई एक कलेज भर्ना सम्बन्धी घोटालाको षड्यन्त्र गरेको अभियोगमा दुई महिनाको जेल सजाय सुनाइएको छ ।
उनका पति मोसिमो इआन्नुली पनि यस घोटालामा दोषी ठहर भएका छन् । उनीहरुले अमेरिकी प्रतिष्ठित विश्वविद्यालयमा भर्ना सम्बन्धी घोटाला गरेको अभियोग छ । अभिनेत्री लोरीले यस घटनामा आफ्नो गल्ती स्वीकार गर्दै आँशु झारेर माफी समेत मागेकी छन् ।
‘मैले छोरीहरुलाई अनुचित लाभ दिने गरी यस्तो गरेकी थिएँ । मैले सोचेको थिएँ कि, मैले सन्तानको मायाको लागि यो काम गर्दैछु । तर यथार्थमा यसले मेरा छोरीहरुको क्षमता र उपलब्धिमा क्षति पुगेको छ,’ अभिनेत्री लोरीले भनेकी छन् । नोभेम्बर १९ को २ बजेसम्म उनलाई कारागार पठाइनेछ ।