लमजुङमा तीन प्रहरी र एक सेनामा कोरोना संक्रमण

लमजुङमा तीन प्रहरी र एक सेनामा कोरोना संक्रमण

बेंसीसहर : लमजुङमा कार्यरत तीन जना जनपथ प्रहरी र एक जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाको लमजुङस्थित श्रीजंग गणमा कार्यरत २९ वर्षीय सैनिक जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। लमजुङमा कार्यरत १ प्रहरीमा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा ३ जना प्रहरीमा कोरोना संक्रमण पोजिटिभ देखिएको डिएसपी गंगाबहादुर थापाले बताए।

बागलुङ नगरपालिका- २ घर भएका सैनिक जवान साउन २९ गते बिदामा गएको र बिरामी भएर अस्पताल भर्नापछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो। भदौ २ गतेबाट उनी अस्पताल भर्ना भएका थिए।

लमजुङस्थित श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाका अनुसार संक्रमित सैनिक जवान सिउँडीबारस्थित कृषि तथा पशुपालन केन्द्रमा कार्यरत हुन्। ती सैनिक जवानमा कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ गरी सँगै कार्यरत २५ जनाको थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएको छ।

डिएसपी थापाका अनुसार कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना हवल्दार र २ जना सिपाही हुन्।

उपचारमा रहेका एक प्रहरी सई तनहुँस्थित घरमा आराम गरी फर्केकोमा उनको आमालाई कोरोना संक्रमण भएपछि कन्ट्रयाक्ट ट्रेसिङका लागि तनहुँ गएका थिए। उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि लमजुङका ४४ प्रहरी र ९ जना थुनुवाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार संक्रमितलाई बेंसीसहरको सहजीस्थित आइसोलेसनमा राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.