धानले हरियाली फेवा फाँट

धानले हरियाली फेवा फाँट

पोखरा : पोखराको फेवा फाँट यति बेला पोखरेली जेठोबुढो धान हर्लक बढेसँगै हरियाली भएको छ । फेवा फाँटको खेतमै मुल पलाउने भएकाले चिसो पानीमा जेठोबुढो धान निकै राम्रो फल्छ ।  खेतमै मुल पलाउने र ढाभ खेत भएकाले किसानले जेठको पहिलो हप्तादेखि नै यस फाँटमा रोपाइँ गर्छन् । 

मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम मिठो हुने भएकाले रैथाने पोखरेली जेठोबुढो धान नै किसानले पछिल्लो समयमा रोप्ने क्रम बढेको छ । महानगरपालिका भित्र कुल धान रोपीने क्षेत्रफल मध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान रोपाईF हुने गरेको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

जेठोबुढो धानको माग बढ्नु र मुल्य पनि अरु धानको भन्दा राम्रो पाउन थालेपछि पछिल्लो समय किसान जेठोबुढो धान लगाउन आकर्षित हुँदै गएको उनले सुनाए । जेठोबुढो धान पोखरा महानगरपालिका भित्र ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाइने र यस प्रजातिको धान १५ हजार ६ सय ८० टन उत्पादन हुने उनले बताए । कुल धान उत्पादन हुने क्षेत्रफलको कुल क्षेत्रफलको ४० प्रतिशत जमिनमा जेठोबुढो धान उत्पादन हुने गरेको हो ।

अन्य स्थानीय जातको धान २ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा रोपीने र ५ हजार ६ सय टन उत्पादन हुने उनले बताए । यस्तै गरि उन्नत जातका धान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा रोपिने र १७ हजार ९ सय २० टन धान उत्पादन हुने गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले बताए । महानगरमा धान उत्पादन हुने कुल क्षेत्रफलमा उन्नत जातको धान ४० प्रतिशत क्षेत्रफलमा लगाइने र  जेठोबुढो बाहेक अन्य रैथाने प्रजातिका धान २० प्रतिशतमा रोपीने उनले सुनाए । 

जेठोबुढो धान राष्ट्रिय बिउँ बिजन समितिबाट सन् २००६ मा उन्मोचन (सिफारिस) भएपछि व्यवसायीक रुपमा बिउँ बिक्री वितरण हुन थालेपछि विस्तारै किसानमाझ बिउँ पुगेपछि पनि किसान यस धान प्रति आकर्षण बढेको हो । पोखराका कुँडहर फाँट, बिरौंटा फाँट, सेदी, गैरि खेत, चाउँथे फाँट लगाएतका फाँटमा प्लटिङ गरि बस्ती बसेकोले कास्कीमा धानको उत्दान बर्षेनि घट्दो छ । पोखरा महानगरपालिका कृषि महाशाखासँग भने पोखराका फाँटमा बस्ती बसेपछि कति धान उत्पादन घट्यो भन्ने एकीन तथ्याङ्क छैन् । 

पछिल्लो समयमा फेवा फाँटमा पनि प्लटिकङ हुन थालेको छ । तालको मुहानको सिमसार क्षेत्रमा प्लटिङ गर्त थुपारिने माटो बर्षायाममा तालको पानीको सतह बढ्दा तालमा पुग्छ र  तालको आयु पनि घट्दो छ । तालको आयु संग प्रत्यक्ष जोडिएको फेवा फाँट संरक्षण गर्नु र उर्वर भूमी मासिनबाट जोगाउन महानरपालिकाको ध्यान जानु पर्ने स्थानीय संरक्षण कर्मी बताउँछन् । 


पोखराको फेवा फाँट । तस्बिर  कृष्णमणि बराल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.