सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते
पशुपतिनगर : विषालु सर्पको टोकाइबाट महोत्तरीमा एकजनाको ज्यान गएको छ भने अर्का घाइते भएका छन् । बर्दिबास नगरपालिका-९ पशुपतिनगरका ५५ वर्षीय फौदार महतोको सर्पको टोकाइबाट ज्यान गएको हो ।
उनका छिमेकी २२ वर्षीय ईङ्गलेश कुमारी महतो घाइते भएकी छिन् ।आफ्नै घरमा रहेको किराना पसल सरसफाई गर्ने क्रममा फौदारलाई ब्लायक कोबरा सर्पले डसेको थियो । उपचारका लागि सिरहास्थित बन्दीपुर लगिए पनि चिकित्सकले बचाउन सकेनन्। उनलाई फूल कुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हामा डा. श्याम कुमार साहले मृत घोषणा गरेका थिए।
खाना पकाउन दाउराको जोरजाम गर्दै गर्दा ईङ्गलेशलाई सर्पले टोकेको थियो ।उनको उपचार बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहको स्थानीय शिक्षक रामजीवन महतोले बताए।