लघु चलचित्र ‘अनुमाला’ सार्वजनिक

लघु चलचित्र ‘अनुमाला’ सार्वजनिक

काठमाडौं : कोरोना संक्रमणको जोखिमका कारण घरमै बस्न बाध्य भएपछि छोटा चलचित्र य़ुट्युबमा धमाधम रिलिज हुदै छन्।  यसैलाई निरन्तरता दिँदै लकडाउनकै समयमा नेपाली छोटो चलचित्र ‘अनुमाला’ सार्वजनिक भएको छ। 

मल्लाज प्रोडक्सनको निर्माणमा विभु पौडेल र विशाल डोटेलको निर्देशनमा फिल्म अनुमाला मल्लाज प्रोडक्सनको युट्युबमार्फत सार्वजनिक गरिएको हो। अनुराधा र निर्मला नामक दुई महिला पात्र र उनीहरुको फरक जीवन कसरी ठोक्किन पुग्छ भन्ने कथानक रहेको चलचित्रमा महिला बेचबिखनलाई पृष्ठभूमि बनाइएको छ। 

१२ मिनेटको चलचित्रमा सृष्टी खड्गी, रोहनी लामा, भीमा मैनाली, आयन खड्का, मनिष ढुंगाना आदिले अभिनय गरेका छन्। 

अभिषेक रार्इले छायांकन रहेको चलचित्रमा कथा विशाल डोटेल र सम्पादन रोमीको रहेको छ। अनुमाला अमेरिकाका दुई चलचित्र महोत्सव, एसियन फिल्म फेस्टिवल र टिबुरोन फिल्म फेस्टिवलमा छनोट पनि हुन सफल भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.