रुपन्देहीमा कोरोनाबाट दुई दिनमा तीनजनाको मृत्यु

रुपन्देहीमा कोरोनाबाट दुई दिनमा तीनजनाको मृत्यु

भैरहवा : रुपन्देही जिल्लामा दुई दिनमा कोरोना संक्रमणले थप तीनजनाको मृत्यु भएको छ । शनिबार एकजना र आइतबार दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । यससँगै रुपन्देहीमा मृतकको संख्या पाँच पुगेको छ ।

आइतबार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ की ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका २ मुडिलाका ३८ वर्षीय पुरुष छन् । त्यस्तै शनिबार मृत्यु हुनेमा रोहिणी गाउँपालिकाका ३ का ५३ वर्षीय पुरुष छन् ।

बुटवलकी ६७ वर्षीया मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएको र आइतबार स्वास्थ्य अवस्था थप गम्भिर हुदै जादाँ उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले प्रेस विज्ञप्ती जारी गरी जनाएको छ । अस्पतालका अनुसार मृतक महिलालालाई श्वासप्रश्वासमा समस्या, दिर्घ रोगी, प्रेसर र मृगौलाको समस्या थियो ।

यस्तै सम्मरीमाईका ५३ वर्षीय मृतक पुरुष श्वासप्रश्वासको समस्याले अस्पतालमा भर्ना भएको र उपचारको क्रममा दिउँसो मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । मृतक दुवैजनाको कोरोना विशेष अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको भेक्टर कन्ट्रोल निरीक्षक शाहले बताए ।

शनिवार मृत्यु भएको रोहिणीका ५३ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्पताल पुगेका थिए । तर, अस्पतालहरुमा बेड अभावपछि उनले निजी ल्याबमा स्वाब दिएर घर फर्किने क्रममा मृत्यु भएको र रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिए ।

मृत्यु पश्चात रिपोर्ट आएकोले कयौँ सर्वसाधरणहरु मृतकको मलामीमा सहभागी भएका थिए । मलामी सहभागी भएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र केही दिनमा ट्रेसिङ गर्ने स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक शाहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.