कोरोनाले लग्जम्बर्गमा एक नेपालीको मृत्यु

कोरोनाले लग्जम्बर्गमा एक नेपालीको मृत्यु

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता  विदेशमा थप १ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार लग्जम्वर्गमा एक जनाको निधन भएको हो। समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९२ जना नेपालीको निधन भएको छ।

स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण बढेको छ। विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका समितिले जनाएको छ। स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो लहर सुरु भइसकेको छ। 

सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा  फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरे। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीको ज्यान हो।

विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण फैलिएको थियो। तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिका प्रेस संयोजक चिरण शर्माले बताए। यसैबीच स्वदेश गैरआवासीय नेपाली संघका अध्यक्ष एवम्  कोभिड १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन  आग्रह गरेका छन्। पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक  भएपनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको उनले बताए। 

सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनको भनाइ छ।  नेपालमा आफन्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो।  

सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न संघले आग्रह गरेको हो। यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ। पछिल्लो केही समय उडान रोकिएको छ। विभिन्न ३० मुलुकमा रहेका ३२७ उडानमार्फत उनीहरुलाई नेपाल फर्काइएको हो। गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै १ लाखभन्दा बढी नेपाली उद्धारको पर्खाइमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.