रक्तदान गर्दै भक्तपुर रेडक्रस

रक्तदान गर्दै भक्तपुर रेडक्रस

भक्तपुर : नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले पुनः जिल्लास्थित चार नगरपालिकाका टोलटोलमा रक्तदान अभियान सञ्चालन गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएपछि रगत अभाव हुन नदिन टोलटोलमा रक्तदान अभियान पुनः सञ्चालन गरिएको हो।

रगत आवश्यक पर्ने बिरामीका लागि तत्कालै रगत उपलब्ध गराउने उद्देश्यले टोल टोलमा रक्तदान अभियान पुनः थालनी गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले जानकारी दिए।

उनका अनुसार रक्तदान कार्यक्रम आयोजना गर्नुअघि उक्त व्यक्ति स्थानीय भए नभएको, ट्राभल हिस्ट्री र अरु स्वास्थ्यका बारेमा जानकारी लिने गरिएको छ।
त्यस्तै रक्तदानअघि निजको शरीरको तापक्रमसहितको स्वास्थ्य जाँच पनि हुने उनी बताउँछन्।

उक्त अभियानअन्तर्गत शनिबार नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले चाँगुनारायण नगरपालिका ८ सुडालका दुई टोल रक्तदान गरेको छ।

चाँगुनारायण नपा ८ का सुडाल र मणिकर्णिकामा गरिएको रक्तदानमा ४७ पुरुष र २ महिला गरी ४९जनाले रक्तदान गरेका उपशाखा सभापति विदुर नेपालले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण भक्तपुर रक्तसञ्चारमा रगत अभाव भएको जानकारी आएपछि उक्त रक्तदान गरिएको हो।

उनले टोल टोलमा रक्तदान अभियानलाई निषेधाज्ञा अवधिभरगरिने बताए। यसअघि गएको चैत्र ११ गतेबाट सुरु भएको लकडाउनको समयमा पनि रगत अभाव भएपछि सुडाल उपशाखाले टोलटोलमा रक्तदान अभियान सञ्चालन गरेको थियो।

उपशाखा सभापति नेपालले आवश्यक जनस्वास्थ्य सुरक्षा अपनाइ रक्तदान कार्यक्रम गरिएको स्पष्ट पारे। ‘रगतको अभावलाई केही सहज बनाउन टोल टोलमा रक्तदान कार्यक्रम पुनः गरेका छौं’, उनले भने, ‘रगतको कमी हुनेवित्तिकै साथीहरु रक्तदान कार्यक्रममा सहभागी हुने गरी तयारी अवस्थामा पनि राखेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.