संक्रमित कर्मचारीको मनोबल बढाउँदै निगम निर्देशक

संक्रमित कर्मचारीको मनोबल बढाउँदै निगम निर्देशक

भैरहवा : नेपाल आयल निगमका कर्मचारीमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि निगमका कार्यकारी निर्देशकले संक्रिमतसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

कोभिड–१९ संक्रमण फैलिएको अवस्थामा पनि नेपाल आयल निगमका कर्मचारीले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाएका छन्। सहज आपूर्तिको व्यवस्थापन गर्ने क्रममा यस क्षेत्रका निगमका ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो। हाल उनीहरु होटल, घर र स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा छन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइसोलेसनमा रहेका कर्मचारीलाई भेटघाट गरी कर्मचारीका लागि आवश्यक सबै सहयोग गर्न निगम तयार रहेको बताए। 

त्यस्तै उनले कर्मचारीका लागि निगमले के कस्ता कार्य गर्नुपर्ने उनीहरुसँग सुझाव समेत लिएका थिए। होटलमा रहेका कर्मचारीलाई व्यवस्थापनको विषयमा समेत जानकारी लिदै केही अपुग भए तत्काल जानकारी गराउन समेत उनले आग्रह गरे। 

संक्रमित कर्मचारीको कोरोना बीमा दाबीका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाउन उनले निर्देशन दिएको निगमको भलवारी डिपोका लेखा प्रमुख रमेश ज्ञवालीले बताए। उनका अनुसार संक्रमति सबै कर्मचारीको स्वास्थ्य अवस्था समान्य छ।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि पाँच दिन बन्द रहेका भलवारी डिपो र भैरहवा स्थित खुद्रा बिक्री केन्द्र (पेट्रोल पम्प) संचालनमा ल्याइएको छ। 

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था असहज नहुन दिनका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर डिपो र पेट्रोल पम्प संचालनमा ल्याइएको निगमको भलवारी डिपोका प्रबन्धक शैलेन्द्र भुसालले बताए।

त्यस्तै कार्यकारी निर्देशक पौडेलले निगमको भलवारी डिपोमा निर्माणधिन अवस्थामा रहेको भौतिक पूर्वाधारको पनि निरीक्षण गरेका छन्। उनले सुरक्षाका सबै उपाय अपनाएर मात्र काम गर्न निर्देशन दिएको प्रबन्धक भुसालले बताए।

उनले पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसन र पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघसँग छुट्टाछुट्टै बैठक बसेर संक्रमणको अवस्थामा पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि के कस्ता प्रक्रिया, कदम चाल्नु पर्ने लगायत विषयमा छलफल गरेको निगमको भैरहवा स्थित विक्री केन्द्रका प्रमुख गोविन्द चौधरीले बताए।

निगमको भलवारी डिपोले रुपन्देही, नवलपरासी, स्याङ्जा, बाग्लुङ, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने गर्दछ। 

लकडाउनका कारण विगतभन्दा पेट्रोलियम पदार्थको माग घटेपनि दैनिक १० ट्यांकर पेट्रोल र २५ ट्यांकर डिजेल बिक्री हुने गरेको नेपाल आयल निगमको भलवारी डिपोले जनाएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.