सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

नवलपरासी : भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्र भारतको उत्तर प्रदेशस्थित बिहार राज्यको भैंसालोटनसँग जोडिएको छ ।

त्रिवेणी बजार क्षेत्रका समुदायमा कोरोना देखिए लगत्तै पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिकामा पनि आइतबार २६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाभर एकैदिन ३५ जनामा संक्रमण देखिएकोमा उक्त गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता र पाल्ही स्वास्थ्य केन्द्रकी १ नर्ससहित २६ जनामा संक्रमण देखिएको हो ।

उक्त पालिकाको वडा नं. ३ मा मात्र ३ वर्षीय बालकसहित १९ जनामा कोरोना संक्रमण देखिएको छ । अन्य ७ जना वडा नं. ४,५ र ६ का छन् । गाउँपालिका भारतको उत्तरप्रदेशस्थित ठूठीबारी र बर्गदवा बजारसँग जोडिएको छ । समुदायस्तरमा एक्कासी फैलिन थालेको कोरोना संक्रमण भारतबाट आउ–जाउ गर्नेबाट भएको बताइएको छ । 

पश्चिम नवलपरासीका चार गाउँपालिका भारतसँग सीमाना जोडिएको छ । दुई जिल्लाका सीमा क्षेत्रका पालिकाहरुमा एक्कासी कोरोना संक्रमण बढेको पाइएपछि अन्य गाउँपालिकामा पनि संक्रमणको खतरा बढेको पालिका प्रमुख र स्वास्थ्यकर्मीहरुको अनुमान छ । सीमावर्ती क्षेत्रका अन्य गाउँपालिकाबाट समेत स्वाब संकलन गरी पठाइएको छ । तर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख गौरब ढकालले बताए । जिल्लामा ५ सय १६ जनाको समुदायस्तरमा गरिएको परीक्षणमा ५१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । अझ करिब ३ सयको आउन बाँक रहेको ढकालले जानकारी दिए ।

सीमा क्षेत्रका समुदायमा एक्कासी संक्रमण फैलिनुमा नेपाल–भारतको आवतजावत नै प्रमुख कारण भएको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीको बुझाइ छ । मुख्य सीमा नाका पूर्णरुपमा बन्द भएपनि डुंगाबाट लुकीछिपी आउ–जाउ गर्ने गरेका कारण संक्रमण भारतबाट आएको हुन सक्ने जिसीले बताए । 'नेपालबाट पेन्सन थाप्न जानेहरु लुकिछिपी भारतको भैंसालोटन पुगेर आउने गरेको पाइएको छ । त्यस्तै भारतबाट पनि डुंगाबाट मानिसहरु आउने गरेका छन् ,'त्यसले गर्दा समुदायमा संक्रमण फैलिएको हो,’ जिसीले भने ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक संक्रमण फैलिनुमा लापरबाही तरिकाले नेपाल–भारत आउ–जाउ गर्नुको कारणलाई मान्दछन् । केही दिन यातायात खुला भएपछि दुई देशमा आउजाउ गर्ने क्रम लुकिछिपि बढेकोले सोही अनुरुप संक्रमण फैलिएको उनको बुझाई छ । 'सीमा क्षेत्रका सर्वसाधारणमा घरायसी सामान किन्न भारतीय बजार नै जाने प्रचलन रहेछ । सीमाना खुला छैन । जिल्लाभित्रै आउ–जाउ खुकुलोको मौका छोपेर चोरी बाटो हुँदै भारतमा गएर किनमेल गर्दा जोखिम बढेको पाइयो,' प्रजिअ पाठकले भने ।

स्वास्थ्य प्रमुख ढकालले पनि संक्रमण फैलिनुमा चोरीबाटो हुँदै भारतबाट आउ–जाउ प्रमुख कारण रहेको बताउँछन् । 'पहिला संक्रमण फैलिनुमा भारतबाट आउ–जाउ होकी भन्ने अनुमान थियो । तर अहिले सीमा क्षेत्रमा एक्कासी बढेको पाइएपछि त्यसलाई पुष्टि गरेको छ,' ढकालले भने । 

संक्रमणसँगै सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको गस्ती पनि बढेको छ । तर दुवै देशबाट अवैध रुपमा सामान ल्याउने क्रम बढेको छैन । अहिले पनि दिनहुँ जसो मटर, कुखुरा, कुखुराका चल्लालगायतका सामानको अवैध कारोबार हुँदै आएको छ । दैनिक रुपमा प्रहरीले त्यस्ता सामान बरामद गरेपनि उक्त कार्य भने रोकिएको छैन । यसले पनि संक्रमणलाई बढाएको आम बुझाइ छ । 

यसैबीच समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सबै स्थानीय तहहरुले पनि सेवा बन्द गरेका छन् । ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७३ जना संक्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.