लहानका कोरोना संक्रमितको धरानमा मृत्यु
सिरहा : सिरहाको लहान नगरपालिका २४ गोविन्दपुरका एक युवकको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।
२ गते उनी विरामी हुँदा उपचारका लागि धरान लगिएको थियो। आजै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी गराए।
उपचार गराउन धरान पुग्दा उनको पीसीआर जाँचको लागि स्वाब लिइएको थियो। सोमबार रिर्पाट पोजिटिभ आयो। त्यहीदिन उनको मृत्यु भएको छ। मृत्यक युवक मुटुको विरामी र लागूऔषध सेवनकर्ता रहेको बुझिएको स्वास्थ्य प्रमुख यादवले बताए।
उनको शव ल्याएर नेपाली सेनाले व्यवस्थान गर्ने जानकारी गराइएको छ। योसहित सिरहामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ।