अस्पताल लाने क्रममा दुई कोरोना संक्रमितको बाटोमै मृत्यु

अस्पताल लाने क्रममा दुई कोरोना संक्रमितको बाटोमै मृत्यु

जनकपुरधाम : महोत्तरीमा कोरोना (कोभिड–१९) को संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मंगलबार चितवनस्थित उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरीको मनरासिस्वा नगरपालिका-५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। कोभिड १९ व्यवस्थापन समितिलाई उदृत गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

‘मृत्यु भएका ७५ वर्षीय पुरुया क्यान्सर रोगी थिए, उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा हँदै थियो’ उनले भने। उनी भदौ ३ गते कोरोना संक्रमित भएका थिए। उनलाई उपचारका लागि जलेश्वर स्थित आइसोलेशनमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

त्यसैगरी, महोत्तरीको बलवा नगरपालिका ३ बस्ने ७७ वर्षीय एक पुरुषको समेत कोराना संक्रमणबाट मृत्यु भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो। भदौ ६ गते उनी कोरोना संक्रमित भएको थियो। उनको ढाडमा लामो समयदेखि समस्या रहेको थियो। योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.