कर्णालीमा २४ घण्टाभित्र २५ संक्रमित थपिए
सुर्खेत : पछिल्लो २४ घण्टाभित्र कर्णालीमा २५ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार १३ र जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार १२ जना गरी २५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टी भएको हो।
२४ घण्टामा थपिएका २५ संक्रमित मध्ये १२ जना दैलेखका रहेका छन्। यस्तै सुर्खेत २, काठमाडौं ३, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका १/१ जना र बाँके र जाजरकोटका २/२ जनामा कोरोना संक्रमण पृष्टी भएको छ। भने पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २५ पुगेको छ।
योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २३ सय ४४ पुगेको छ। हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ। हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय १३ रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ। कर्णालीमा हालसम्म ५४ हजार २ सय ३३ जनामाको पीसीआर परीक्षण गरिएको छ।