भदौ १५ सम्म रुपन्देही अदालतको सेवा स्थगित
भैरहवा : रुपन्देही जिल्ला अदालतको सेवा पाँच दिन सम्मका लागि स्थगित गरिएको छ।
अदालतमा अभियोग पत्रसाथ थुनछेक प्रयोजनार्थ पेश गरिएका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि अदालत परिसर निर्मलीकरण गर्नुपर्ने भएकोले सेवा स्थगित गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुटवलबाट अदालतमा पेश गरिएका चार थुनुवामा बुधवार संक्रमण पुष्टि भएको थियो।
उनका अनुसार अदालत परिसर निर्मलीकरण गर्नका लागि भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको छ।