बर्दिबासमा कोरोना परीक्षण सुरु

बर्दिबासमा कोरोना परीक्षण सुरु

बर्दिबास : महोत्तरीको बर्दिबासमा कोरोना परिक्षण सुरु भएको छ । बर्दिबास नगरपालिकाले आफ्नै लगानीमा कोभिड–१९ परीक्षण गर्ने मेसिन खरिद गरेर परीक्षण थालेको हो ।बर्दिबास अस्पतालको प्याथोलोजी ल्याबमा कोरोना परिक्षण गर्ने पीसीआर मेसिन सेटप गरिएको छ । 

'समुदायस्तरमै कोरोना फलियो। संक्रमणलाई नियन्त्रणमा लिन सबै खाले प्रयास थालेका छौं,'बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले भने, 'आज संकलन गरिएको स्वाबको रिपोर्ट भोली नै आउँछ ।'

स्थानीय स्तरमा कोरोना परीक्षण गर्ने व्यवस्था नहुँदा प्रदेशिक प्रयोगशाला जनकपुरधाम पठाउनु परेको बताउँदै मेयर कार्कीले भने,'कोरोना परीक्षणको रिर्पोट आउन १५ दिनसम्म लाग्थ्यो । अब त्यो झण्झटिलो प्रक्रियाको अन्त भयो ।'

बर्दिबास नगरपालिकालाई कोरोनामुक्त बनाउन 'एक घर, एक व्यक्तिको कोरोना परीक्षण' अभियना सुरु गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना परिक्षणलाई पहिलो प्राथमिकता राखिएको छ ।

माइक्रोब्यालोजिष्ट अनिल कुमार साहको टोली कोरोना परीक्षण ल्याबमा खटिएका छन् । दैनिक ८ सय जनाको कोरोना परीक्षण गर्ने क्षमता रहेको पीसीआर मेसिन खरिद गर्न बर्दिबास नगरपालिकाले गत जेठ ५ गते निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.