पहिरोसँगै उजाडियो रुप्सेको सौन्दर्य

पहिरोसँगै उजाडियो रुप्सेको सौन्दर्य

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको प्रसिद्ध पर्यटकीय‍स्थल रुप्से उजाडिएको छ। रुप्सेखोलामा गत महिना आएको बाढीले सुन्दर झरनालाई उजाड बनाएको हो । पर्यटन विकासका लागि निर्माण भएका भौतिक संरचना क्षत विक्षत भएको छ । अग्लो पहाडबाट छङछङ झर्ने रुप्से झरनाको वरपर बाढी र पहिरोले छियाछिया बनाएको छ । 

रुप्सेको प्राकृतिक सौन्दर्य बाढीले खोसेको छ । बाढी पछि झरनामा धमिलो पानी खसेको छ । सफा पानी आउँदा सुन्दर देखिने रुप्सेको संरचना फेरिएको छ । मनमोहक रुप्सेलाई बाढीले बिरक्त बनाएको स्थानीयबासी रिता बरुवालले बताइन् ।  

झरना परिसरको मन्दिर बाढीले बगाएको छ । बेनी–जोमसोम सडक अन्तरगत पर्ने रुप्से मुस्ताङ जाने र आउनेहरुका लागि आकर्षक गन्तव्य थियो । दैनिक सयौं मानिसहरु रुप्सेको सौन्दर्यमा रमाउथे । 

सडक देखि झरनाको माथिल्लो फेदीसम्म पुग्न निर्माण भएको पदमार्ग समेत बगाएको छ । रुप्से परिसरमा बेनीका ब्यवसायी सुवर्ण खत्रीले डेढ वर्षदेखि सञ्चालन गरेको वाटरगड रिसोर्टको नामनिशान छैन् । भ्यू प्वाइन्ट, रुप्से देखि अन्धगल्छी जाने बाटो पनि पहिरोसँगै बगेको छ  

रुप्सेस्थित निर्माणाधिन र चालु अवस्थाको मोटरेबल पुल बाढीले बगाएको छ । रुप्से क्षेत्रमा करिब तीन सय मिटर सडक पहिरो र बाढीले बगाएको छ । रुप्सेको प्राकृतिक स्वरुप पुरानै अवस्थामा आउन दुई तीन वर्ष लाग्ने वडा सदस्य हस्त पुनले बताए । उनका अनुसार ५० को दशकको सुरुवातमा पनि बाढीले रुप्सेलाई अहिलेको जस्तै कुरुप बनाएको थियो । 

करिब एक महिनासम्म अवरुद्ध भएको सडक गत हप्तादेखि खोलिएको थियो । रुप्से झरना भन्दा माथिको जंगलमा पहिरो गएका कारण आएको बाढीले तितर, भुरुङ्ग तातोपानी लगायतका तटीय क्षेत्रमा समेत क्षति गरेको छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.