भक्तपुरमा कोरोना संक्रमण बढ्दै

भक्तपुरमा कोरोना संक्रमण बढ्दै

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उकालो लागेको छ। पछिल्लो एकसातामै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या शत प्रतिशत बढेको हो। 

यहाँ भदौ ५ गतेसम्म संक्रमितको संख्या २ सय ४ थियो तर भदौ ६ देखि १२ गतेसम्मको एकसातामा सत प्रतिशतभन्दा बढी अर्थात २ सय २५ जना संक्रमित थपिएको छ। शुक्रबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय २९ पुगेको छ। यसअघि शून्य मृत्युदर रहेको भक्तपुरमा यसै साता कोरोना भाइरस संक्रमणको कारण ५ जनाको मृत्यु भएको छ।

भक्तपुरमा शुक्रबार अहिलेसम्मकै बढी कोरोना भाइरस संक्रमित थपिए। स्वास्थ्य मन्त्रालयले भक्तपुरमा शुक्रबार ५४ जनालाई संक्रमण पुष्टि भएको जनायो। यसअघि भदौ ६ गते, ५० जना, ११ गते ४८ जना, ७ गते २८ जना, १० गते २४ जना र भदौ ८ तथा ९ गते १४-१४ जना संक्रमित थपिएका थिए। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबारसम्म यहाँका ७२ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्।

पछिल्लो समय संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा यहाँ संक्रमितको संख्या उकालो लागेको हो। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार एकै व्यक्तिले ६ जनासम्मलाई संक्रमण सारेको देखिएको छ। यस हिसाबले भक्तपुरमा कोरोना भाइरस संक्रमण समुदायस्तरमै फेलिएको पुष्टि हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। उनले सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना नगर्दा एक संक्रमितले धेरैलाई संक्रमित बनाएको देखिएको बताइन्।

‘पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा धमाधम पोजिटिभ आइरहेको छ’, प्रजिअ पाण्डेले भनिन्, ‘एक व्यक्तिले आफ्नो घरपरिवारका सदस्यमात्रै होइन नातागोताका व्यक्तिसम्मलाई कोरोना संक्रमण गराएको देखिन्छ।’ सरकारले बीचमा लकडाउन खुकुलो बनाउँदाको परिणाम अहिले देखिएको उनको भनाइ थियो। त्यसबेला सर्वसाधारणको चहलपहल बढ्नुका साथै जिल्लाभित्र र बाहिर धेरैको आवतजावत सँगसँगै कोरोना भाइरस समुदायमा फैलिइएको उनले स्पष्ट पारे। ‘पछिल्लो संक्रमणको अवस्था निषेधाज्ञाअघिकै परिणाम हो’, प्रजिअ पाण्डेले थपिन्, ‘निषेधाज्ञा लगाउनुअघि नै संक्रमण समुदायस्तरमा फैलिइसकेको देखियो।’

आइसोलेसन वार्ड बढाउँदै भक्तपुर

जिल्लामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढेसँगै भक्तपुरमा आइसोलेसन वार्डको संख्या बढाउने कार्य भइरहेको छ। थप आइसोलेसन वार्ड व्यवस्थापनको लागि थप ठाउँहरुको खोजी भइरहेको प्रजिअ पाण्डेले जानकारी दिइन्। अहिले भक्तपुर अस्पताल, चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, चाँगुनारायण नपा ७ खरिपाटीस्थित क्वारेन्टाइनस्थललाई आइसोलेसन वार्ड बनाइएको छ।

त्यस्तै चाँगुनारायण नपा ६ नगरकोटस्थित सरसफाइ तालिम केन्द्र, मध्यपुर थिमि नपा ९ बोडेस्थित कृषि विकास तालिम केन्द्र, मध्यपुर थिमि नपा २ सानोठिमीस्थित व्यवसायिक शिक्षा तथा प्राविधिक तालिम परिषद् (सीटीईभीटी) को तालिम केन्द्र टीआईटीआईको तालिम हल, युसेप तालिमको छात्रावासलाई आइसोलेसन वार्ड बनाउने कार्य अघि बढाइएको प्रजिअ पाण्डेले बताइन्। ‘यी आइसोलेसन वार्डलाई भक्तपुरकै एकीकृत आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्छौं’, उनले भनिन्, ‘आवश्यकताअनुसार यी सेन्टरलाई विदेशबाट स्वदेश फर्किने नेपालीहरुलाई पनि राख्न सक्छौं।’

वडा तहलाई सक्रिय बनाइयो

यसैगरी जिल्लाका चारवटै नपाको समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएकाले त्यसको द्रूत पहिचान गर्न वडा तहमै काम भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। यसको लागि सम्बन्धित वडाका अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहितको टोली बनाइएको कार्यालयले जनाएको छ। उक्त टोलीले नै संक्रमितको कन्ट्याक्टमा आएकाहरुको पहिचान गरी कोरोना परीक्षणको लागि स्वाब संकलन गर्ने, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउने कार्य भइरहेको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

त्यस्तै उक्त टोलीले संक्रमितहरुको ट्राभल हिस्ट्री लिने, होम क्वारेन्टाइन तथा होम आइसोलेसनमा बसेकाहरुलाई सम्पर्क गर्ने र उनीहरुको अवस्था बुझ्ने कार्य भइरहेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.