दार्चुलाका दुई जनामा कोरोना पुष्टि
![दार्चुलाका दुई जनामा कोरोना पुष्टि](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus_20200706055953_20200817102148_20200827104340_Lv9viDY0ss.jpg)
दार्चुला : दार्चुलाका दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार कोरोना पुष्टि भएका महाकाली नगरपालिका २ जनासँगै दार्चुलामा कोरोना संक्रमितको संख्या कुल ५० पुगेको छ भने हालसम्म ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)