‘चिसो मान्छे’ बनाउँदै निर्देशक खनाल
नुवाकोट : निर्देशक दीपेन्द्र के खनालको टोलीले ‘चिसो मान्छे’ चलचित्र बनाउने भएको छ। निर्माता शर्मिला पाण्डेसँगको सहकार्यमा कोरोना महामारीको नियन्त्रणपछि ‘चिसो मान्छे’ बनाउन लागेका हुन्।
आफ्नो जीवनमा नभइ चलचित्रको लागि ‘चिसो मान्छे’को खोजी भएको निर्देशक खनालको भनाइ छ। चलचित्र ‘आमा’, ‘चंगाचेट’लगायतका निर्देशक खनाल र निर्माता पाण्डेले ‘चिसो मान्छे’ नयाँ चलचित्र बनाउने तयारी थालेका छन्। चलचत्रिका लागि पात्र चयनको काम भइरहेको निर्देशक खनालले बताए।
‘डि एस डिजिटल प्रालिको ब्यानरमा निर्माण हुने ‘चिसो मान्छे’ समाजको एउटा प्रवृत्ति हो। यसलाई पर्दामा उतार्न लागेका छौं’, निर्देशक खनालले भने।
‘चिसो मान्छे’ को कथा तयार भइसकेको निर्माता पाण्डेले बताइन्। ‘हामी समाजकै एउटा नागरिक हौं, समाजकै पेरिफेरीमा रहेर यसको कथा उठानद गरिएको छ’, पाण्डेले भनिन्।
‘चिसो मान्छे’ को प्रदर्शन आगामी २०७८ साल भदौ ११ गतेलाई तय गरिएको छ।