स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, गर्भवतीसहित दुई घाइते

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, गर्भवतीसहित दुई घाइते

स्याङजा : काठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन्। 

काठमाडौंमा बिरामी छोडेर चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स आइतबार बिहान वालिङ् नगरपालिका- ५ स्थित चापाकोट जाने भित्री सडकमा दुर्घटना भएको हो। 

मृत्यु हुनेमा चापाकोट- १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट-९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनीहरु दुबैको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले  बताए। 

घाइते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ। एम्बुलेन्समा सवार चारै जना चापाकोटका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.