बागलुङमा स्वास्थ्यकर्मीसहित दुईजनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९४

बागलुङमा स्वास्थ्यकर्मीसहित दुईजनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९४

बागलुङ : जिल्लाको दुर तमानखोला गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा एक स्वास्थ्यकर्मीसहित दुईजनामा कोरोना देखिएको छ । तमानखोला गाउँपालिकाले भदौ १० गते समुदायस्तरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, व्यापारी, प्रहरी र संघ संस्थाका ६० जनाको नमुना परीक्षणका लागि स्वाब संकलन गरेको थियो । जसमध्ये क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा तमानखोला गाउँपालिका वडा नम्बर २ का १ महिला स्वास्थ्यकर्मी र अर्का एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो।

संक्रमित हुनेमा ३० वर्षीया स्वास्थ्यकर्मी गाउँपालिकाको क्वारेन्टिन व्यवस्थापनमा खटिएका हुन् भने २३ वर्षीया महिला सोही ठाउँमा व्यवसाय गर्दै आएकी छिन् । संक्रमण देखिएकोमा रुघाखोकी र ज्वरोको लक्षण समेत देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर छन्त्यालले बताए । 

पहिले विदेशबाट आएर क्वारेन्टिनमा बसेका यसअघि पनि संक्रमित भएता पनि समुदायस्तरमा गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको हो । तमानखोला जिल्लाकै दुर्गम गाउँपालिका मध्येमा पर्दछ । 

जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको कोरोना संक्रमित बिरामी राख्नका लागि ढोरपाटन नगरपालिकाको बुर्तिवाङ  प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाइएको छ । तर, तमानखोलाका दुवै संक्रमितमा कोरोनाका लक्षण देखिएकाले धौलागिरी अस्पताल बागलुङकै आइसोलेसनमा ल्याइने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । 

यसअघि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य पालिकामा भने हाल सम्म समुदाय स्तरमा कोरोना देखिएको छैन । आइतबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९४ जना पुगेको छ । जसमा २ सय ६१ जना निको भइसकेका छन् भने ३२ जना आइसोलेसनमा छन् । एकजना युवकको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.