विदेशमा कोरोनाबाट एकसातामा तीन नेपालीको मृत्यु

विदेशमा कोरोनाबाट एकसातामा तीन नेपालीको मृत्यु

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो। 

पछिल्लो हप्ता तीन जनाको निधन भएसँगै शनिबार साँझसम्म  पविदेशमा कोरोनाले निधन हुनेको संख्या एक सय ९५ पुगेको छ। १६ देशमा कार्यरत नेपालीको निधन भएको हो। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीको ज्यान गएको छ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण बढेको छ। अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाली समुदाय चिन्तित बनेको छ। नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढ्दै गएको भन्दै सचेत रहन संघले आग्रह गरेको छ। हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।  

हालसम्म विदेशमा रहेका ३४ हजार सात सय एक जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये ३२ हजार पाँच सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका प्रेस संयोजक चिरण शर्माले जानकारी दिए। संक्रमणको जोखिम कम नभएकोले विदेशमा कार्यरत सबै नेपालीलाई सावधानी अपनाउन संघले आग्रह गरेको छ। कोभिड–१९ को संक्रमणको जोखिम  कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरिएको समितिका संयोजक डा सापकोटाले जानकारी दिए। 

सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम नगर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दुरी कायम गर्न संघले भनेको छ। डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरेका छन्। कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन आह्वान गरेका छन्। आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने उनले जोड दिए। 

 मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे। 
’कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न विदेशमा कार्यरत नेपाली समुदायमा आहवान गरेका छन्। कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड ड् लगायतका देशमा तीव्र गतिमा उत्पादन र परीक्षणको प्रक्रिया अघि बढेको  छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.